Nepal Life

एनआइसी एशिया बैंकको पक्षमा सिबिफिन, भ्रामक तथा तथ्यहिन विषयको पछि नलाग्न आह्वान

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Sun 18:29
एनआइसी एशिया बैंकको पक्षमा सिबिफिन, भ्रामक तथा तथ्यहिन विषयको पछि नलाग्न आह्वान
Sanima Reliance

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले एनआइसी एशिया बैंक माथिको प्रहारलाई लिएर सबैलाई ध्यानाकर्षण गराएको छ ।

 

NIMB

मुलुकको समग्र अर्थतन्त्रको मेरुदण्डकोरुपमा रहेका र सोही बमोजिमको कर्तव्य र भूमिका समेत निर्वाह गर्दै लाखौ ग्राहकहरुलाई अन्तराष्ट्रियस्तरको बैंकिङ सेवा प्रवाह गरिरहेका बैंक तथा वित्तीय संस्थाहरुको विरुद्धमा विगत केही दिनदेखि केही व्यक्ति / समूहबाट बैंक तथा वित्तीय संस्थाहरुको साख, गरिमा, विश्वसनियतामा ठेस पुग्ने गरी विभिन्न अफवाह फैलाउने काम भइरहेको सिबिफिनले जनाएको छ । यस्ता आशंका एवं अविश्वास बढाउने खालका समाचारहरु सम्प्रेषण गर्ने कार्यहरुप्रति सिबिफिनको गम्भीर ध्यानाकर्षण गराएको हो ।

दुर्गा प्रसाइ तथा विभिन्न सञ्चार माध्यमहरुले बैंकको विरुद्धमा बोल्ने तथा समाचार सप्रेषण गरिरहेका छन् । बैंकले पनि आफ्नो तर्फबाट डिफेन्स गरिरहेको छ । कुनै समय सञ्चार माध्यममा छ्याप छ्याप्ती विज्ञापन गर्ने बैंकले पछिल्ला दिनहरुमा विज्ञापन गरिरहेको छैन । केहि सञ्चार माध्यमहरुले विज्ञापनका लागि वार्गेनिङ गर्न मनलाग्दी समाचार सम्प्रेषण गरिरहेका छन् ।

सवल नियमनकारी निकायको सुक्ष्म निगरानीमा तथा प्रचलित कानून तथा नियमनकारी निकायले जारी गरेका नीति-निर्देशनहरुका अक्षरशः पालना गर्दै संचालित बैंक तथा वित्तीय संस्थाहरुको अत्यन्त सवलीकरण र पारदर्शीरुपमा संचालन हुने सुनिश्चितता गर्न देहाय बमोजिमको कानूनी व्यवस्था लागू गरिएको तथ्य जगजाहेर हुँदा हुँदै पनि यस्ता यस्ता गतिविधि भइरहेको सिबिफिनको भनाइ छ ।

सिबिफिनले बैंक तथा वित्तीय संस्था संचालन सम्बन्धी ऐन २०७३, तथा सो ऐन बमोजिम जारी भएको नियम तथा सो बमोजिम नेपाल राष्ट्र बैंकले जारी गर्ने निर्देशन बमोजिम संचालन हुने उल्लेख गरेको छ । त्यस्तै अन्तराष्ट्रिय मापदण्डका आधारमा नेपाल राष्ट्र बैंकबाट नियमितरुपमा सुपरिवेक्षण तथा अनुगमन भइ विभिन्न निर्देशन जारी हुने र सो को परिपालनाको नियमित अनुगमन हुने र निर्देशन पालना नभए कानून बमोजिम आवश्यक कारवाही हुने व्यवस्था छ ।

बैंक तथा वित्तीय संस्थाहरुको आर्थिक परिसूचकहरु जस्तै Capital Adequacy Ratio, Liquidity Ratio, CD Ratio, Cash Reserve Ratio लगायतका विभिन्न प्रमुख वित्तीय तथा गैर वित्तीय परिसूचकहरुको सम्बन्धमा नियममितरुपमा आन्तरिक तथा नियामकमार्फत समेत अनुमगन हुने र सो सम्बन्धी केही कैफियत भए तुरुन्त समाधान गर्न निर्देशन दिने र निर्देशन पालना नभए कानून वमोजिम कारबाही हुने भएकाले बजारमा हल्ला चलाइए जस्तो अवस्था नरहेको सिबिफिनले जनाएको छ ।

नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम प्राकृतिक व्यक्तिका नाममा बचत तथा मुद्दती खातामा रहेको रु. ५ लाखसम्मको निक्षेप नेपाल सरकारद्वारा स्थापना गरिएको “निक्षेप तथा कर्जा सुरक्षण कोष" मार्फत सुरक्षण गरिएको हुने सिबिफिनले प्रष्ट पारेको छ ।

उपर्युक्त तथ्यहरुलाई मध्यनजर गर्दै २०८० पौष मसान्तसम्म कुल ग्राहस्थ उत्पादनको ११३.९३% निक्षेप, कुल ग्राहस्थ उत्पादनको ९४.४७% कर्जा लगानी, ६ हजार ४ सय ४१ शाखा संजाल रहेको बैंक तथा वित्तीय संस्थाहरुको मुख्य वित्तीय परिसूचकहरु स्वस्थ एवं सवल रहेको, सर्वसाधारण निक्षेपकर्ता तथा समग्र ग्राहक वर्गको हकहितका विषयमा कुनै पनि जोखिम सृजना नभएको सिबिफिनले जनाएको छ ।

सरोकारवालाहरुको हकहित संरक्षण गर्ने विषयमा सिबिफिन र सम्पूर्ण बैंक वित्तीय संस्थाहरु पूर्णरुपमा प्रतिबद्ध र दृढ संकल्पित रहेको प्रेश विज्ञप्ती मार्फत सूचित गरिएको छ ।

केही व्यक्ति तथा समूहले फैलाएका भ्रामक तथा तथ्यहिन विषयहरुको पछि नलागी आफू सम्बद्ध बैंक तथा वित्तीय संस्थाहरुको वास्तविक तथ्यहरुका वारेमा बुझ्नु परेमा सम्बन्धित बैंक तथा वित्तीय संस्थाहरुका आधिकारिक प्रतिनिधिहरुलाई सम्पर्क गर्नुहुन समेत सम्पूर्ण ग्राहकवर्गहरुलाई सिबिफिनले आग्रह गरेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया