Nepal Life

सर्वोच्चलाई गभर्नर अधिकारीको जवाफ - शैक्षिक योग्यता लगायत सम्पूर्ण मापदण्डको परीक्षणपछि नै नियुक्त भएको हुँ

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Wed 17:41
सर्वोच्चलाई गभर्नर अधिकारीको जवाफ - शैक्षिक योग्यता लगायत सम्पूर्ण मापदण्डको परीक्षणपछि नै नियुक्त भएको हुँ
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतलाई आफ्नो जवाफ पेश गरेका छन्। उनले आफ्नो शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै सर्वोच्च अदालतमा दायर रिटमा जवाफ पेस गरेका हुन्।

NIMB

गर्भनर अधिकारीविरुद्ध गत पुस १२ गते अधिवक्ता दिपकराज जोशी, प्रतापसिंह ठकुराठी, दामोदर तिमल्सिना र चूडामणि भण्डारीले रिट दायर गरेका थिए। गभर्नर अधिकारीसँग सर्वोच्चले पुस १३ गते लिखित जवाफ माग्ने आदेश दिएको थियो।

राष्ट्र बैंक ऐनमा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेमा व्यवस्था छ। तर, गभर्नर अधिकारीसँग स्नातकोत्तर उपाधि नभएको दाबी गर्दै उनको नियुक्त बदर गर्न माग गर्दै रिट दायर भएको थियो।

अधिकारीले माघ २६ गते सर्वोच्च अदालतमा लिखित जवाफ पेस गरेका हुन्। उनले पेश गरेको जवाफमा आफू यसकारण योग्य भएको भन्ने प्रमाण पेश गरेका छन्। उनले  कानूनी प्रावधान अनुसार नेपाल सरकार मन्त्रिपरिषद्ले गठन गरेको गभर्नरको नियुक्ति गर्न गठित सिफारिस समितिले उक्त कानुनले तोकेका शैक्षिक योग्यता लगायतका सम्पूर्ण मापदण्डको आधारमा परीक्षण गरेर नै आफूलाई नियुक्त गरेको उल्लेख गरेका छन्।

उनले त्रिभुवन विश्वविद्यालयवाट २०४५ सालमा व्यवस्थापन अन्तर्गत बिजनेश एडमिनेष्ट्रेशन उत्तीर्ण गरी सन् १९८९ मे १२ मा The Institute of Chartered Accountants of India, New Delhi (ICAI) को कोर्समा भर्ना भई सोही संस्थाबाट सन् १९९३ मा The Institute of Chartered Accountants of India al Chartered Accountancy Degree गरेको उल्लेख गरेका छन्।

'मैले हासिल गरेको सो Degree लाई त्रिभुवन विश्वविद्यालयबाट प्रकाशित Directory of Recognition and Equivalence of Educational Qualifications Volume 1 को पृष्ठ १२८ सि. नं. १६९ मा एम.कम. भनी Recognize गरे अनुसार मेरो सो चार्टर्ड एकाउन्ट्सीको योग्यतालाई व्यवस्थापन संकायमा स्नातक गरी चार्टर्ड एकाउन्टेन्सी परीक्षा उत्तीर्ण गरेको आधारमा प्रचलित कानुन बमोजिम सो Chartered Accountancy तहको Degree लाई त्रिभुवन विश्वविद्यालयले एम. कम. (Masters of Commerce) तहको Academic Level भनी मिति २०७४।४।१९ को पत्रबाट Recognized Equivalence प्रमाणपत्र जारी गरेको छ। साथै सो स्नातकोत्तर स्तरको एम. कम. डिग्री व्यवस्थापन संकाय अन्तर्गतको डिग्री रहेको भनी त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मिति २०७३ । ४ । २३ को पत्रबाट प्रमाणित भएको छ', जवाफमा उनले भनेका छन्।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया