Nepal Life

लगानीकर्ताले कमाए भन्ने पुर्वाग्रहका साथ नीति बन्दा राज्यले ठुलो मूल्य चुकाउदै, बजार बढ्न नदिने खेल !

Global Ime detail Page
  • पुरूषोत्तम सुवेदी
  • 2023 Jul Tue 18:01
लगानीकर्ताले कमाए भन्ने पुर्वाग्रहका साथ नीति बन्दा राज्यले ठुलो मूल्य चुकाउदै, बजार बढ्न नदिने खेल !
Sanima Reliance

काठमाडौं । लगानीकर्ताले चालु आर्थिक वर्षको बजेट र मौद्रिक नीति दुबै पाइसकेका छन् । यस पटक बजेट र मौद्रिक नीति दुबैको पुर्वसन्ध्यामा शेयर बजारमा उछाल देखियो । लगानीकर्ताहरुले विगत दुई वर्षदेखि लगातार घटिरहेको शेयर बजारलाई बजेट र मौद्रिक नीति दुबैले संबोधन गर्ने अपेक्षा गरिएको थियो । यसले गर्दा बजेट आउनु भन्दा अगाडी झण्डै १५०  अंकले बढ्यो । बजेटले खासै संबोधन गर्न नसक्दा केहि दिनमै ११० अंकले घट्यो । यो मुभमेन्ट केबल १५ दिन अवधिको थियो ।

NIMB

बजेटको ह्याङओभर १५ दिनमै उत्रियो । लगानीकर्ताले बजेटमा यस्तै भयो अव मौद्रिक नीतिमा संबोधन होला भन्ने अपेक्षा गरेका थिए । यस अवधिमा बढ्दो बैंकिङ तरलता र घट्दो बैंक व्याजदरले सबैभन्दा धेरै टेवा पुर्यायो । जसले गर्दा बजेट पछि मौद्रिक नीति अगाडीको अवधिमा ३७८ अंकले बढ्यो ।

मौद्रिक नीतिले बैंक व्याजदर, शेयर धितो कर्जामा लगाउदै आएको १२ करोडको क्याप र औषत व्याजदरको विषयमा संबोधन हुने कुराले लगानीकर्ताहरुलाई हौसायो । कारोबार अवधिमै मौद्रिक नीति सार्वजनिक भयो । लगानीकर्ताले नबुझी शेयर बजारका विषयमा धेरै कुराहरु समेटिएको भन्दै बजार ह्वात्तै बढाए । जव राष्ट्र बैंकले पत्रकार सम्मेलन गर्यो त्यस पछि लगानीकर्ताहरु छागाबाट खसेझै भए । जे सोचिएको थियो त्यो त होइन रहेछ ।

विगत दुई महिनाको अवधिमा जारी भएका मौद्रिक नीति र वित्तीय नीति अर्थात बजेट दुबैमा शेयर बजार सम्बन्धी नीति पनि यथास्थितिमै रह्यो । यसले गर्दा शेयर बजार पनि यथास्थितीमै रहेको विश्लेषकहरु बताउछन् । एक विश्लेषकले भने ‘बजेटमा पनि खासै लगानीकर्ताका कुनै कुरा संबोधन भएन । मौद्रिक नीतिमा पनि अपेक्षा गरिएको थियो त्यो पनि आएन । अझ नदेखिने गरी कतिपय नीतिगत व्यवस्थाले कडाइ गरेको छ ।’

बैंक वित्तीय संस्थाले ब्रोकरहरुलाई प्रदान गर्दै आएको ओभर ड्राफ्ट ‘ओडी कर्जा’को सिलिङ पनि घटाइएको छ । एकातिर ओडीमा टाइट गर्दै जाने अर्को तर्फ कर्जामा पनि डिमोटिभेट गर्ने काम भएको छ । राष्ट्र बैंकले ठुला लगानीकर्ताहरुलाई चारै तिरबाट निगरानी गरिरहेको छ । शेयर बजारमा नेचुरल ग्रोथ हुन खोज्यो भने पनि राष्ट्र बैंकले कुनै न कुनै बहानामा रोक्न खोजेको विश्लेषकहरु बताउछन् ।

यसरी मौद्रिक नीति र वित्तीय नीतिको रोकावटका विचमा पनि शेयर बजार केहि माथि जान खोजे पनि त्यसले दीगोपना दिन सकेको छैन । कुनै दिन ६०/७० अंकले बढेको शेयर बजार भोलिपल्टै घट्नुले पनि यसलाई पुष्ठी गर्छ । यसमा सबैभन्दा ठुलो भुमिका गभर्नरको रहेको लगानीकर्ताहरुको आरोप छ ।

नेकपा एमालेकै नेताहरुले गभर्नर अधिकारीलाई पूँजी बजार मैत्री भइदिनका लागि अनुरोध गर्दा पनि उनि बजार प्रति सकारात्मक देखिदैनन् । शेयर बजार प्रति उनको पुर्वाग्रह धेरै नै रहेको विश्लेषकहरु बताउछन् । नेपालमा पछिल्लो समय नियामक निकाय तथा सरकारले व्यक्ति हेरेर नीति बनाउन तल्लिन छ । एउटा व्यक्ति वा समुहलाई फाइदा पुर्याउन तथा सिध्याउन हदैसम्मका नीतिगत व्यवस्था गर्ने पुर्वाग्रही कार्यशैलीले पनि सगम्र अर्थतन्त्रलाई प्रभावित पारिरहेको छ ।

राज्यले जुन सुकै मूल्य चुकाउन परे पनि यस्ता वर्गले आफ्नो स्वार्थ सिद्धि गर्दा पूँजी बजार मात्रै होइन अर्थप्रणाली नै धरासायी बन्दै गइरहेको छ । कुनै व्यक्तिलाई सकाउन खोज्दा राज्यले ठुलो मूल्य चुकाउनु परहेको विश्लेषकहरुको विश्लेषण छ ।

यो कुरालाई राजनीतिक तहका तेतृत्वले पनि हेर्न सकेको छैन । राजनीतिक तहले मिहिन रुपमा छलफल नगर्ने कर्मचारीतन्त्रले पनि छलफल नगर्ने अनि व्यवसायीहरुलाई निरुत्साहित पार्ने काम भइरहेको छ । छोटो समयमा शेयर बजारका लगानीकर्ताले करोडौ रुपैयाँ कमाए अव उनिहरुलाई धेरै कमाउन दिनु हुँदैन भन्ने मानसिकताले सबैभन्दा धेरै प्रभावित पारेको देखिन्छ । मौद्रिक नीति र बजेट आउनु अगाडीको अवस्थामा बजार बढेको देखेरै उनिहरुले क्षणिक रुपमा यस्ता नीति अख्तियार गर्ने गरेको लगानीकर्ताहरुको आरोप छ ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया