Nepal Life

नेपाल लाइफको कुल बीमा शुल्क आर्जन २३ अर्ब २० करोड, बजार हिस्सा सर्वाधिक धेरै २६.७१ %

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Thu 19:34
नेपाल लाइफको कुल बीमा शुल्क आर्जन २३ अर्ब २० करोड, बजार हिस्सा सर्वाधिक धेरै २६.७१ %
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको माघ महिनासम्ममा २३ अर्ब ३० करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ ।

NIMB

जसमा नविकरण बीमा शुल्क आर्जन १९ अर्ब ५२ करोड छ भने प्रथम ३ अर्ब ६७ करोड रहेको छ ।  कुल बीमा शुल्क आर्जनमा नेपाल लाइफको सर्वाधिक धेरै २६.७१ प्रतिशत बजार हिस्सा छ ।  

कम्पनीले माघ एक महिनामा मात्रै ४४ करोड ४० लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्दा २ अर्ब ५६ करोड रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेको छ । माघ महिनामा कुल बीमा शुल्क आर्जन ३ अर्ब एक करोड ३० लाख रुपैयाँ छ । हाल कम्पनीमा ९ लाख ५७ हजार ४६७ वटा बीमा पोलिसी सक्रिय रहेका छन् । गत माघ एक महिनामा मात्रै कम्पनीले १५ हजार ६२३ वटा पोलिसी बिक्री गरेको छ । यसरी माघ महिनामा मात्रै कम्पनीले १२ अर्ब ७६ करोडको दायित्व बहन गरेको छ ।

दोस्रो धेरै बीमा शुल्क आर्जन गर्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसनको १० अर्ब १४ करोड छ । कम्पनीको कुल बीमा शुल्कमा बजार हिस्सा ११.६८ प्रतिशत छ । तेस्रो धेरै बीमा शुल्क आर्जन गर्ने कम्पनीमा नेशनल लाइफ छ । नेशनल लाइफले १० अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गर्दा नविकरण ७ अर्ब ६९ करोड रहेको छ भने प्रथम २ अर्ब ३५ करोड छ । प्रथम तर्फ नेशनल दोस्रो स्थानमा रहेको छ । कुल बीमा शुल्क आर्जनमा कम्पनीको बजार हिस्सा ११.५७ प्रतिशत छ ।

चौथो स्थानमा हिमालयन लाइफको ९ अर्ब ९१ करोड रहेको छ । कम्पनीको पनि बजार हिस्सा ११.४१ प्रतिशत छ ।   सूर्यज्योति लाइफले ५ अर्ब ३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्दै पाँचौ स्थानमा छ । कम्पनीको बजार हिस्सा ५.७९ प्रतिशत छ । एशियनको ४ अर्ब ४३ करोड, सानिमा रिलायन्सको ३ अर्ब ३८ करोड, सिटिजनको ३ अर्ब २६ करोड, मेट लाइफको ३ अर्ब १४ करोड, आइएमई लाइफको २ अर्ब ५० करोड छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया