Nepal Life

छोरी जन्मिएपछि अस्पतालमै छाडेर फरार भइन् आमा

Global Ime detail Page
  • BFIS News
  • 2024 Feb Mon 05:20
छोरी जन्मिएपछि अस्पतालमै छाडेर फरार भइन् आमा
Sanima Reliance

काठमाडौं । काठमाडौंको एक अस्पतालमा शिशु चोरी भएको घटना सेलाउन नपाउँदै पर्साको वीरगञ्जमा भने छोरी जन्मिएको भन्दै नवजात शिशुलाई अस्पतालमै छाडेर एक जना आमा फरार भएकी छन् । 

NIMB

वीरगञ्जको रानीघाट ६ ठेगाना अस्पतालमा टिपाउनु भएकी सीता देवीले शनिबार बिहान साढे ६ वर्षकि छोरीको जन्म दिएकी थिइन् । साँभm अस्पतालका स्वस्थ्यकर्मी र सुरक्षागार्डको आँखाछलेर उनी फरार भएको अस्पतालले जनाएको छ । 

त्यसअघि तीन छोरी जन्माइसकेकी सीताको चौथो सन्तान पनि छोरी जन्मिएपछि अस्पतालमै नवजात शिशु छाडेर आमा फरार भएको अस्पताल पदाधिकारीको भनाइ छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहका अनुसार अस्पताल वरपर खोजतलास गर्दा आमा नभेटिएपछि प्रहरीलाई जानकारी गराइएको जानकारी दिइएको थियो । 

नारायणी अस्पतालको प्रसूति वार्डको नर्सिङ इन्चार्ज हेमा थापाका अनुसार छोरी जन्मिएको भन्दै परिवारले झैझगडा गरेपछि अस्पतालमा रहेका आमा र हजुरआमा शिशुलाई अस्पतालमा अलपत्र छाडेर हिंडेको जानकारी दिए ।  

सीता देवीलाई अस्पतालमै पनि परिवारजनले तनाव दिएजस्तो देखिएको थियो । पछि आमा र हजुरआमा कोही नभेटिएपछि शिशुलाई एनआइसीयूमा राखिएको बच्चा स्वस्थ रहेको प्रसूति वार्डको नर्सिङ इन्चार्ज थापाले बताइन् ।  

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले अस्पतालमा गलत ठेगाना टिपाइएकाले फरार रहेकी नवजात शिशुकी आमाको खोजी कार्यमा कठिनाइ भइरहेको बताए । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया