Nepal Life

नयाँ ब्रोकरको पनि उहि चाल, लगानी गर्न छाडेर नेप्सेकै टिएमएसमा भर !

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Wed 22:55
नयाँ ब्रोकरको पनि उहि चाल, लगानी गर्न छाडेर नेप्सेकै टिएमएसमा भर !
Sanima Reliance

काठमाडौं । विगतमा लगानीकर्ताको रुपमा पुराना ब्रोकरहरुको चर्को विरोध गर्नेहरुहरु मध्ये धेरै जसले नयाँ ब्रोकर लाइसेन्स लिएका छन् । पुराना ब्रोकरले बजार विस्तार गरेनन्, सामान्य टिएमएस समेत तयार पार्न सकेनन् भनेर आवाज उठाउनेहरुले अहिले आफैले आफ्नो कारोबार प्रणाली ‘टिएमएस’ तयार पार्न सकेका छैनन् ।

NIMB

ब्रोकरहरु आफैले टिएमएस तयार पारेर विभिन्न फिचर सहितका सेवा प्रवाह गर्न सक्छन् । तर ठुलो रकम खर्चिनु पर्ने भएकाले ब्रोकरहरुले नेपाल स्टक एक्सचेन्जकै टिएमएस प्रयोग गरिरहेका छन् । यस्तो टिएमएस तयार पार्न कम्तिमा पनि एक करोड रुपैयाँ लाग्छ । सफ्टवेयर निर्माता अनुसार यसको खर्च फरक फरक पर्न जान्छ ।

अहिलेसम्म कुनै पनि ब्रोकरले टिएमएस बनाउन सकेका छैनन् । नासा सेक्युरिटिजले आफ्नै टिएमएस बनाइरहेको छ । तर अहिलेसम्म प्रयोगमा भने ल्याउन सकेको छैन । त्यस्तै सेक्युयर्ड सेक्युरिजले अन्य  ३३ वटा ब्रोकरको साथ लिएर एउटै टिएमएस तयार पार्न खोजिरहेको छ । तर यसमा पनि आन्तरिकरुपमा विवाद भइरहेको छ । ब्रोकरहरु विचको विवादले यो काम पनि अगाडी बढ्न सकेको छैन ।  

नेप्सेले दिने टिएमएसमा शेयर खरिद बिक्री बाहेक अन्य खासै सेवा सुविधाका फिचर छैन । यदि ब्रोकर आफैले टिएमएस तयार पारे भने उनिहरुले धेरै किसिमका सेवा सुविधा पाउन सक्छन् ।

कुनै प्रणालीमा समस्या आयो भने त्यसको आरोप नेप्सेलाई लगाउन पाउने भएकाले पनि ब्रोकरहरु आफैले टिएमएस बनाउन खोजेको देखिदैन । नेप्सेलाई महिनाको ३५ हजार रुपैयाँ दिए पछि अन्य कुनै पनि लगानी गर्नु पर्दैन । यदि ब्रोकरहरु आफैले टिएमएस बनाउने हो भने उनिहरुलाई सञ्चालन खर्च भए पुग्छ । यस्तो अवस्थामा महिनाको १५ हजार रुपैयाँ हाराहारी खर्च गरे पुग्छ । यदि धेरै वटा कम्पनी मिल्ने हो भने लागत खर्च कम हुनुका साथै सञ्चालन खर्च समेत धान्न सहज हुनेछ । टिएमएस बनाएर मात्रै हुँदैन । डाटा सेन्टर पनि तयार पार्नु पर्छ । यो पनि खर्चित काम हो ।

खर्च गर्न डराउने अनि नेपालको शेयर बजार विकास हुन सकेन भन्दै गर्दा नेप्सेको मात्रै नभइ ब्रोकरको पनिको पनि ठुलो हात रहेको हुन्छ । अहिलेका ब्रोकरले नेप्सेको टिएमएसमा भर पर्दा कयौ दिनका कारोबारमा अवरोध पुगेको थियो । अहिले सञ्जालमा रहेका अधिकाम्स ब्रोकरका लगानीकर्तारु हिजोका सक्रिय लगानीकर्ता हुन् । जो लगानीकर्ताको हक हितमा चरणबद्ध आन्दोलनमा उत्रिएका थिए । हिजो लगानीकर्ताको हकहितमा उत्रिएर आन्दोलन गर्ने अहिले ब्रोकरको भुमिकामा पुगेपछि उनिहरुले हिजोका दिन विर्सिसकेका छन् । हिजोका आफ्नै माग अहिले संबोधन गर्नु पर्छ भन्नेमा उनिहरुको अलिकति पनि हेक्का छैन ।

नेप्सेले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली सञ्चालन कार्यविधि २०७९ ल्याएको पनि एक वर्ष वितिसकेको छ । अनलाइन तथा अफलाइन मार्फत धितोपत्रको कारोबार गर्नका लागि नेप्सेले विकास गरेको वा कारोबार सदश्यले विकास वा खरीद गरी प्रयोग गर्ने कारोबार व्यवस्थापन प्रणालीलाई व्यवस्थित तरिकाले सञ्चालन गर्नका लागि नेप्सेले यस्तो कार्यविधि बनाएको हो ।

कार्यविधि अनुसार ब्रोकर कम्पनीले नयाँ टिएमएस राख्न सबैभन्दा पहिले निवेदन दिनु पर्ने छ । दिएको निवेदन अनुसार नेप्सेलाई उपयुक्त लागे नयाँ टिएमएस राख्ने अनुमति दिने छ । नयाँ टिएमएस राख्ने ब्रोकर कम्पनीले उक्त टिएमएस सँगै दुई प्राविधिक कर्मचारी समेत राख्नु पर्ने छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया