Nepal Life

विन नेपाल लघुवित्त वित्तीय संस्थाको आज वार्षिक साधारणसभा, छैन लाभांशको प्रस्ताव

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Tue 08:09
विन नेपाल लघुवित्त वित्तीय संस्थाको आज वार्षिक साधारणसभा, छैन लाभांशको प्रस्ताव
Sanima Reliance

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ। सभा होटल उग्रचण्डी बनेपामा दिउँसो २ बजेदेखि सुरु हुनेछ। यस कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

NIMB

गत माघ २४ गतेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार संस्थाले आजका लागि साधारण सभा बोलाएको थियो। वार्षिक साधारण सभा प्रयोजनका लागि संस्थाले गत फागुन ४ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ।

यस्तै, सभामा एक वा एकभन्दा बढी लघुवित्तसँग गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धि सम्पूर्ण कार्यका लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गरिनेछ।

यस्तै सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गारी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ।  

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया