Nepal Life

संकटको समाधान गर्न स्थापना भएको नेक्सजेन म्यानेजमेन्टको शुरुवाती रेस्पोन्स अत्याधिक राम्रो, अध्यक्ष भट्टराई सँगको अन्तर्वार्ता

Global Ime detail Page
  • अरुण सापकोटा
  • 2024 Mar Sat 06:45
संकटको समाधान गर्न स्थापना भएको नेक्सजेन म्यानेजमेन्टको शुरुवाती रेस्पोन्स अत्याधिक राम्रो, अध्यक्ष भट्टराई सँगको अन्तर्वार्ता
Sanima Reliance

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा.लि.ले कारोबार प्रारम्भ गरेको पहिलो महिनामा नै उत्साहप्रद कारोबार गरेको छ। सम्पति ब्यवस्थापन र ब्यवसायिक परामर्शदाताको सेवा दिने कम्पनीको रुपमा स्थापित यसले गएको फाल्गुन २ गते वसन्त पंचमिको दिनबाट काम शुरु गरेको हो ।

NIMB

पूर्ब बैंकर र विभिन्न ब्यवसायिक क्षेत्रका बिज्ञहरु मिलेर आर्थिक मन्दीको बेला संचालन गरेको नेक्सजेनको पहिलो महिनाको अनुभवलाई लिएर बिएफआइएस न्युजले अध्यक्ष रमेश कुमार भट्टराईसँग गरिएको अन्तर्वार्ताको सम्पादित अंश ।

२०८० फाल्गुनबाट काम शुरु गर्नु भयो । पहिलो महिनाको अनुभव कस्तो, रह्यो ?

काम शुरु गरेको तीन महिना भित्र आवस्यक संरचना बनाउने, बिज्ञहरुको रोष्टर तयार गर्ने, सातै प्रदेशमा कार्यरत बिज्ञ समूह संग समझौता गर्ने र नेक्सजेनले गर्ने कामको ब्यापक प्रचार प्रसार गरि ब्राण्डिगं गर्ने कार्यक्रम बनाएका थियौ। तर समस्यै समस्याको बेलामा काम प्रारम्भ गरेको भएतापनि हामीले सोचेको भन्दा धेरै राम्रो रेस्पोन्स र काम पाएका छौं।

देश आर्थिक रुपमा अस्त ब्यस्त छ, सरकारले चाहेर पनि केही गर्न सकेको छैन यस्तो प्रतिकुल समयमा पनि के तेस्तो काम पाउनु भयो ?

आर्थिक संकटको समयमा काम शुरु गर्दा हामी धेरै आशाबादि थिएनौ । समय लागे पनि राम्रो गर्न सकिने हिम्मत र बिस्वास चाहिँ थियो । गलत समय भनेको एकदम सहि समयमा काम शुरु गरिएछ । नयाँ लोन प्रोसेशिङ, खराब कर्जाको सेटलमेन्ट, रि फाईनान्स, ब्यवसायिक भवन खरिद, प्रोजेक्ट बिक्रि, ब्यवस्थापन करारमा दिने, नयाँ उधोगको स्थापना जस्ता कामहरु आई सकेका छन । सोचेको भन्दा पनि बढि बिस्वास र रेस्पोन्स हामीले छोटो अवधिमा पाएका छौ ।

तपाईहरुलाई एक महिनामा आएको कामहरु हेर्दा आम्दानि पनि राम्रै भएको होला जस्तो छ नि ?

देश अहिले आर्थिक संकटमा छ । उधोगपति ब्यवसायिको स्थिति एकदम नाजुक छ । यस्तो बेला कमाउने भन्दा सहयोगी भावना लिएर काम गरिरहेका छौ । प्रभु महालक्ष्मी लाईफबाट आर्थिक सुबिधा सहित स्वेच्छिक अवकाश लिएका हामी केही मित्रहरु नेक्सजेनमा कार्यरत छौ । तीन महिना तलब नलिने सोच बनाएकोले दुखमा रहेका ब्यवसायी सँग अफिस चलाउने गरि एकदम न्यनतम शुल्क लिएर काम गर्दैछौ । त्यसैले अहिले नै कमाउने उद्देश्य राखेका छैनौ । समस्या र दुखमा परेका ब्यवसायीलाई सक्दो सहयोग गर्ने प्रयास गरेका छौं ।

बैंकहरुको खराब कर्जा असुली र संकटग्रस्त सहकारीको ब्यवस्थापनमा सल्लाहकार सेवा पनि दिने गरि सोसल मिडियामा सुचना आएको थियो त्यस क्षेत्रमा केहि पहल भएको छ कि ?

हामी पुर्ब बैंकरहरु पनि नेक्सजेनमा छौ । पुरानो कर्जा असुलि र कर्जा ब्यवस्थापनमा हामी संग धेरै अनुभव छ । यस्मा हामी ठोस उपलब्धि दिन सक्छौ भनेर बाणिज्य बैंकहरुलाई पत्राचार र सहकारिलाई सुचना दिएका थियौ । ४/५ वटा बैंक र केही सहकारिले हामी संग सम्पर्क र टेलिफोनमा छलफल पनि गरेका छन । उनिहरु संकटमा छन र हामीले दिने भनेको बिशेषज्ञ सेवा आवस्यक छ । तर बैंकरहरु हामी माथिको बिस्वासको कुरा गर्दै छन भने  सहकारिहरु भित्रको गोप्यता खुल्ने डरले सेवा लिन डराईरहेका छन । हामी बैकं प्रमुख भएर अर्बौको कारोबार गरेका प्रोफेसनल हौ, हामी माथि आँखा चिम्लेर बिस्वास गर्न आग्रह गर्छु । बैंक र सहकारिलाई समस्या परेको बेला ब्यक्तिगत ईगो लिदा र अबिस्वासको कुरा गर्दा कसैलाई फाईदा नहुने कुरा हामी सबैले बुझ्नु जरुरी ठान्छु।

कुन कुन क्षेत्रमा कति कति काम पाउनु भयो, किटेर भन्न मिल्छ ?

सानो सानो भए पनि नयाँ लोन प्रोसेसिगंको ७ वटा, खराब कर्जा सेटलमेन्टको २ वटा, रि फाईनान्सको १ वटा, ठूलो कृषि परियोजनाको संभाब्यता र स्थापनाको १ वटा, ब्यवसायिक भवन खरिद र होटल परियोजना बिक्रिको १/१ वटा काम आईसकेको तथा ब्यवस्थापन करारमा दिने गरि २ वटा उधोगको फाईलहरुमा छलफल भैरहेका छन । क्षेत्रिय स्तरमा कारोबार बिस्तार गर्ने क्रममा दाङ घोराहिको बिज्ञ समूह संग समझौता भैसकेको छ ।

खराब कर्जा असुलिको काम बाहिरकालाई दिन बैकं तथा बित्तिय संस्था सबंन्धि ऐनले रोकेको छ भनेर बैकं प्रमुखहरु भन्नू हुन्छ, कुरा चाहिँ के हो नि ?

बिकसित मुलुकमा लोन प्रोसेसिगंको काम आउट सोर्सिगं हुन्छ र खराब कर्जा असुलिमा छुट्टै संचालित सम्पति ब्यवस्थापन कम्पनी जसलाई चलन चल्तिमा ब्याड बैंक भनिन्छ, उनिहरुले गर्छन । हामी कहाँ त्यो ब्यवस्था छैन । तर बैंकहरुले बिशेषज्ञ ब्यक्ति वा कम्पनीलाई छोटो समयको लागि खराब कर्जा असुलि सल्लाहकारको रुपमा राखेर असुलिलाई प्रभावकारि बनाउन कुनै ऐनले रोकेको त छैन नि । खराब कर्जाको बोझ बढदै गएमा बैंक डुब्न बेर लाउदैन, अनि बैंक प्रमुखको हाल के होला, कसैले सोचेको छ ? त्यसैले ईगो र ऐनको कुरा छोडेर सिस्टम भित्र बिज्ञको सेवा लिनुमा नै सबैको हित छ जस्तो लाग्छ ।

सम्पति ब्यवस्थापन कम्पनीको काम गर्ने भन्नू भयो यसलाई त ठूलो पूँजी चाहिन्छ नेक्सजेनको पूँजी चाहिँ कति हो नि ?

सम्पति ब्यवस्थापन कम्पनीको लागि कम्तिमा ५० करोड पूँजी चाहिन्छ । राष्ट्र बैंकले यस्को लागि नीतिगत र कानुनी ब्यवस्था गरेको छैन । काम गर्न नपाए पछि पूँजी थुपारेर केही काम छैन । त्यसैले अहिले कमिसन र शुल्कबेस कामको लागि दुई करोड पूँजी राखेर काम गर्दै कमाउदै अनि अनुभव लिदै जाने र एक बर्ष भित्र पूँजी दश करोड पुर्याउने कार्यक्रम छ । नीतिगत ब्यवस्था भए पछि पचास करोड पूँजी पुर्याउने सोच र योजना बनाएका छौं ।

याँ काम शुरु गरि सक्नु भयो, एक महिना भित्र ग्राहकको रेस्पोन्स पनि हेर्नू भयो नेक्सजेनको भबिष्य कस्तो अनुमान गर्नु भएको छ ?

‘मर्निगं सोज द डे’ र ‘राईट जब ईन राईट राईम’ त सुन्नु र बुझ्नु भएकै होला । तपाईं संग भिजन छ, टिम छ, हिम्मत छ, काम गर्ने जागर छ र ईमान्दारिता पनि छ भने शत प्रतिशत सफल भईन्छ । हामीले शुरु गरेको कामको मुलुकमा ठूलो आवस्यकता छ र अहिलेको संकटपुर्ण अवस्थामा व्यापक माग पनि छ । त्यसैले अबको पाच बर्ष भित्र नेक्सजेनलाई यो क्षेत्रमा नेतृत्वदायि र सफल कम्पनीको रुपमा स्थापित गर्छौ, यो हाम्रो टिमको बिस्वास हो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया