Nepal Life

महिला कर्मचारीमाथि दुर्व्यवहार गर्ने राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य सेवाबाट हटाइए

NMB Bank
  • BFIS News
  • 2024 Mar 18 20:35
महिला कर्मचारीमाथि दुर्व्यवहार गर्ने राष्ट्र बैंकका निर्देशक थानेश्वर आचार्य सेवाबाट हटाइए
National Life

काठमाडौं । राष्ट्र बैंकले निर्देशक थानेश्वर आचार्यलाई सेवाबाट हटाएको छ। पटक-पटक अनुशासनहीन व्यवहार देखाएको भन्दै उनलाई सेवाबाट हटाइएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ।

Shikhar
NIMB

चैत ६ देखि लागू हुने गरी आचार्यलाई सेवाबाट हटाइएको हो।

पछिल्लो पटक एक महिला कर्मचारीमाथि दुर्व्यवहार गरेको उनीमाथि आरोप छ। आचार्यले आफूलाई दुर्व्यवहार गरेको भन्दै कारबाहीको माग गरेर ति वरिष्ठ महिला कर्मचारीले प्रशासनसमक्ष उजुरी दिएकी थिइन्।

आचार्यले गत २७ पुसमा केन्द्रीय बैंकका उच्च अधिकारीको ‘स्ट्रेस म्यानेजमेन्ट’ कार्यक्रममै उनीमाथि दुर्व्यवहार गरेको आरोप छ। महिला कर्मचारीमाथि दुर्व्यवहार गरेपछि राष्ट्र बैंकले छानबिन समिति नै बनाएको थियो।

छानबिन क्रममा दोषी देखिएका आचार्यलाई स्पष्टीकरण सोधिएको तर उनको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि सेवाबाट हटइएको मानव संशाधन विभागले जनाएको छ।

राष्ट्र बैंकको टक्सार शाखामा कार्यरत आचार्यमाथि कारबाही प्रक्रिया सुरु भएपछि जिम्मेवारीविहीन बनाइएको थियो।

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया