NIMB Header 2
Nepal Life

ओम बहादुर खत्रीको नेतृत्वमा बीमा अभिकर्ता संघको नयाँ कार्यसमिति निर्वाचित

IME LIFE
  • BFIS News
  • 2026 Apr 11 19:05
ओम बहादुर खत्रीको नेतृत्वमा बीमा अभिकर्ता संघको नयाँ कार्यसमिति निर्वाचित
United Ajod

काठमाडौं। पेशागत बीमा अभिकर्ता संघ नेपालको अध्यक्षमा ओम बहादुर खत्री निर्विरोध निर्वाचित भएका छन्। संघको आठौँ राष्ट्रिय महाधिवेशन २०८२ बाट खत्री सहित सम्पूर्ण कार्यसमिति निर्विरोध चयन भएको हो।

Nepal Life
NIMB

महाधिवेशन यही चैत २७ र २८ गते आह्वान गरिएको थियो। बीमा ऐन २०७९ अनुसार बीमा क्षेत्रमा मध्यस्थकर्ताको व्यवस्था रहेको छ। नेपालको जीवन बीमा क्षेत्रमा अभिकर्ताहरुको भुमिका सबैभन्दा धेरै रहेको छ। निर्वाचित नयाँ कार्यसमितिले बीमा क्षेत्रलाई थप व्यवसायिक बनाउने अभिभारा रहेको छ। 

निर्वाचन प्रक्रियाअनुसार विभिन्न पदमा उम्मेदवारी दर्ता भई सबै पदमा एकल उम्मेदवारी परेकाले सम्पूर्ण पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन्।

अध्यक्षमा ओम बहादुर खत्री निर्वाचित हुँदा वरिष्ठ उपाध्यक्षमा दिपक अर्याल चयन भएका छन्। त्यस्तै, उपाध्यक्ष पदमा महेशदत्त भट्ट, दामोदर गौतम, देवी प्रसाद शर्मा जैशी, सूर्य बहादुर भट्टराई, शंकर बहादुर कुँवर, धुर्व गिरी र श्याम प्रसाद भट्टराई निर्विरोध निर्वाचित भएका छन्।

महासचिवमा कल्याण विक्रम पाडे चयन भएका छन् भने सचिव (खुल्ला) पदमा अम्बिका गौतम र बसन्त विक्रम कुँवर निर्वाचित भएका छन्। सचिव (महिला) मा सीता दाहाल निर्विरोध चयन भएकी छन्।

कोषाध्यक्ष (खुल्ला) मा नानि माया सापकोटा तथा सह-कोषाध्यक्ष (महिला) मा दुर्गा कुमारी भट्टराई निर्वाचित भएका छन्।

सदस्य (खुल्ला) तर्फ १४ जना, सदस्य (महिला) तर्फ ८ जना तथा सदस्य (दलित, जनजाति, आदिवासी, मधेशी) तर्फ २ जना उम्मेदवारहरू पनि निर्विरोध चयन भएका छन्।

निर्वाचन प्रक्रिया अधिवक्ता मदन रेग्मीको प्रमुख निर्वाचन अधिकृतत्वमा सम्पन्न भएको थियो भने सहायक निर्वाचन अधिकृतका रूपमा अधिवक्ता सुरेन्द्र सिंह ऐर र अधिवक्ता रामहरी रेग्मी रहेका थिए।

नयाँ कार्यसमितिले आगामी दिनमा बीमा अभिकर्ताहरूको पेशागत हकहित, क्षमता अभिवृद्धि तथा बीमा क्षेत्रको विकासमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया