NIMB Header 2
Nepal Life

शिखर इन्स्योरेन्स र वीरगंज उद्योग वाणिज्य संघ विच स्वास्थ्य बीमा सम्बन्धी अन्तर्क्रिया सम्पन्न

Muktinath Bank
  • BFIS News
  • 2024 Mar 19 05:16
शिखर इन्स्योरेन्स र वीरगंज उद्योग वाणिज्य संघ विच स्वास्थ्य बीमा सम्बन्धी अन्तर्क्रिया सम्पन्न
Everest Bank

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले वीरगंज उद्योग बाणिज्य संघ सँग स्वास्थ्य बीमा सम्बन्धी जनचेतनामुलक अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले स्वास्थ्य बीमा सम्बन्धी सम्पुर्ण जानकारी दिने उद्देश्य सहित सञ्चालन गरिएको कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघको तर्फबाट अध्यक्ष अनिल कुमार अग्रवाल, उपाध्यक्ष माधव राजपाल, महासचिव आशिष लथ, कोषाध्यक्ष शिवजी प्रसाद कलवार, सचिव सुशान्त चाचन, नेपाल औषधी व्यवसायी संघका अध्यक्ष प्रकाश कुमार खण्डेलवालको उपस्थिति रहेको थियो । त्यस्तै चामल उद्योग संघका अध्यक्ष लगायत ६० जनाको उपस्थिति रहेको थियो ।

Shikhar
NIMB

त्यस्तै शिखर इन्स्योरेन्स कम्पनीको तर्फबाट स्वास्थ्य विभाग प्रमुख प्रार्थना शाही, मधेष प्रदेश प्रमुख सुरेश चन्द्र गुप्ता, शाखा प्रमुख नितेश कुमार दास, धिरष शाह, गुल्सान वर्माको उपस्थित रहेको थियो ।

कार्यक्रमलाई संबोधन गर्दै संघका अध्यक्ष अनिल कुमार अग्रवालले सरकारले स्वास्थ्य बीमाका लागि प्रोत्साहन गर्न नसकेको भन्दै गुनासो गरेका थिए । उद्योगी व्यवसायीले लाखौ करोडौं कर तिर्ने र स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षाबाट सुरक्षित गरेर प्रोत्साहित नगर्न नसकेको उनको भनाइ थियो ।

नेपालका बीमा कम्पनीहरुले स्वास्थ्य बीमालाई घाटाको व्यवसाय भनेर खासै प्रचार प्रसार गर्न चाहदैनन तर शिखरले मधेश प्रदेशमा उद्योगी व्यवसायी सँगै पहिलो पटक स्वास्थ्य बीमाको विषयमा छलफल तथा अन्तर्क्रिया आयोजना गरेको हो ।

बीमा कम्पनीले सबै पोर्टफेलियोमा मुनाफा मात्रै नहेरी कतिपय पोलिसीलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर पनि काम गर्नु पर्ने प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेको सोच अनुसार यस्तो कार्यक्रम आयोजना गरिएको कम्पनीले जनाएको छ । नेपालमा स्वास्थ्य बीमालाई लस प्रोडक्टका रुपमा लिइन्छ । स्वास्थ्य उपचार गर्नै पर्ने अवस्थाका व्यक्तिहरुले मात्रै बीमा गर्ने हुँदा यसमा अत्याधिक दाबी पर्ने गरेको छ । तर कम्पनीले अन्य पोलिसी सँग सँगै स्वास्थ्य बीमालाई पनि अगाडी बढाउने लक्ष्य लिएको छ ।

यहि उद्देश्य अनुसार शिखर इन्स्योरेन्सको मधेश प्रदेश शाखाले पहिलो पटक उद्योगी व्यवसायीलाई स्वास्थ्य बीमाको विषयमा सम्पुर्ण जानकारी दिएको हो । सहभागीहरुले स्वास्थ्य बीमा सम्बन्धी यस्तो कार्यक्रम यस भन्दा अगाडी कसैले पनि नगरेका कारण आफुहरुलाई धेरै उपयोगी रहेको प्रतिक्रिया दिएका छन् ।

वीरगंज क्षेत्रका उद्योगी व्यवसायी घरानाका व्यक्तित्वहरूको उपस्थिति रहेकाले पनि कार्यक्रम धेरै प्रभावकारी देखिएको शिखर इन्स्योरेन्सका प्रदेश प्रमुख सुरेश चन्द्र गुप्ताले जानकारी दिए । कम्पनीको तर्फबाट स्वास्थ्य विभाग प्रमुख शाहीले स्वास्थ्य बीमा के हो, बीमा पोलिसी खरिद खरिद गर्ने, बीमा गरे पछि दाबी कसरी प्राप्त गर्ने, दाबी भुक्तानीका प्रकृया, दाबी गर्दा के कस्तो कागजपत्र बुझाउने, आवश्यक कागजपत्र के के चाहिन्छ, कस्तो अवस्थामा दाबी पाइदैन लगायतका जानकारी सहित आफ्नो प्रस्तुतिकरण दिएकी थिइन् ।

उनको प्रस्तुतीकरण पश्चात सहभागीहरुले आ-आफ्नो जिज्ञासा व्यक्त गरेका थिए । विभागीय प्रमुख शाही तथा प्रदेश प्रमुख गुप्ताले सहभागीको जिज्ञासा मेटाएका थिए ।

शिखर इन्स्योरेन्स कम्पनीले स्वास्थ्य बीमा पोलिसीलाई नै केन्द्रित गरेर वीरगंजमा तीन वटा अस्पतालहरु नेपाल मेडिकेयर, नारायणी सेन्ट्रल र स्पट हस्पिटलसँग टाइअप गरेको छ । कम्पनीले बीमितलाई सहज होस् भनेर नेपाल अधिराज्यबाट झण्डै ३५ वटा अस्पताल सँग टाइअप गरेको छ । शिखरले हवाइ जहाज, इन्जिनियरिङ, कन्स्ट्रक्सनका साथ साथै माइक्रो पोलिसीमा पनि उत्तिकै ध्यान दिदै आएको छ । यसले कम्पनीको उपस्थिति गाउँ गाउँसम्म पुग्ने र भोलिका दिनमा क्रमिक रुपमा अन्य पोलिसी पनि आउन सक्ने हुँदा कम्पनीले साना ठुला सबै प्रकृतिका व्यवसायलाई समायोजन गर्दै अगाडी बढिरहेको छ । यहि कारणले पछिल्ला दिनमा कम्पनीको बीमा शुल्क आर्जन अन्य कम्पनीहरुको भन्दा सर्वाधिक रहदै आएको छ ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया