NIMB Header 2
Nepal Life

लाभांश वितरणको मूख्य प्रस्तावसहित सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बोलायो साधारण सभा

National Life
  • BFIS News
  • 2024 Mar 19 08:36
लाभांश वितरणको मूख्य प्रस्तावसहित सगरमाथा लुम्बिनी इन्स्योरेन्सले बोलायो साधारण सभा
Sanima Reliance

काठमाडौं । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मूख्य अजेण्डासहित सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको गत फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले २७ औं वार्षिक साधारण बोलाउने निर्णय गरेको हो।

Shikhar
NIMB

साधारण सभामा गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ। यस्तै,  सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ।

सभाले चालू आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गर्नेछ र स्वतन्त्र सञ्चालकमा निर्मलादेवी मानन्धरलाई गरिएको नियुक्ती अनुमोदन पनि गर्नेछ।  

यस्तै वैदेशिक लगानीकर्ता सेलिन्को इन्स्योरेन्सबाट स्वत मनोनित हुने १ जना सञ्चालकको जानकारी गराई बाँकी ३ जना सञ्चालक तथा सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालकको निर्वाचने गर्ने प्रस्ताव समेत पारित हुनेछ।  

सभा आगामी चैत २७ गते काडमाडौंस्थित डिल्लीबजारमा रहेको अमृतभोग क्याटरिङमा बिहान १० बजे आयोजना हुनेछ। जसका लागि कम्पनीले आगामी चैत १३ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। चैत १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।  

 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार