बलेफी हाइड्रोपावरको अध्यक्षमा सञ्जय कुमार साह नियुक्त
- BFIS News
- 2024 Mar Wed 14:21
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडको अध्यक्षमा सञ्जय कुमार साह र सञ्चालकमा योगेश दारुका र विदुर पुरी नियुक्त भएका छन्।
कम्पनीको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको अध्यक्ष र सञ्चालक नियुक्त गरेको हो। तीनै जनालाई आगामी साधारण सभाबाट अनुमोदन हुने गरी अध्यक्ष तथा सञ्चालकमा नियुक्त गरिएको कम्पनीले जनाएको छ।
सोहि बैठकले यसअघिका अध्यक्ष उमेश कसजु र सञ्चालक सुशिल गुप्ता र शक्ति कुमार गोल्याणको राजीनामा स्वीकृत गरेको छ।
प्रतिक्रिया