Nepal Life

माट्टा मेलामा सहभागी हुन पर्यटन व्यवसायी मलेशिया प्रस्थान

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Thu 04:58
माट्टा मेलामा सहभागी हुन पर्यटन व्यवसायी मलेशिया प्रस्थान
Sanima Reliance

काठमाडौं । मलेसियाको राजधानी क्वालालम्पुरमा यहि मार्च २२ देखि २४ सम्म आयोजना हुने माट्टा पर्यटन मेलामा नेपालको तर्फबाट नाट्टाको संयोजकत्वमा १४ जना पर्यटन व्यवसायी सहभागी हुने भएका छन् । यहि मार्च २२ देखि २४ सम्म मलेशियन एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (माट्टा)ले सञ्चालन गर्न थालेको माट्टा फेयर २०२४ मा पर्यटन व्यवसायीहरुले आफ्नै स्टल राख्ने छन् ।

मलेशियाको राजधानीमा क्वालालम्पुरमा मलेशियन एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (माट्टा) ले सञ्चालन गर्ने अन्तराष्ट्रिय पर्यटन व्यापार मेला MATTA Fair- 2024 को सहभागीताका लागी नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को संयोजकत्वमा १४ पर्यटन व्यवासयी कम्पनी सहीत बुधबार मलेशिया प्रस्थान गरेको हो ।

यही मार्च २२ देखि २४ सम्म सञ्चालन हुने उक्त मेलाका सहभागीहरुमा नाट्टाका अध्यक्ष रमेश थापा, वरिष्ठ उपाध्यक्ष प्रमोद दाहाल, कोषाध्यक्ष राजकुमार देवकोटा तथा कार्यकारी सदस्य एवं MATTA Fair- 2024 का संयोजक सुरेश अंगाई लगायत १४ पर्यटन व्यवासयी कम्पनीहरुका  व्यवसायी प्रतिनिधीहरु सम्मिलित छन् ।

बिदाईका क्रममा सहभागी सबैजना सहभागी प्रतिनिधिहरु एवं व्यवसायीहरुलाई नाट्टाका निवर्तमान अध्यक्ष अच्युत गुरागाँई, महासचिव कुमार मणी थपलिया लगायत संघका अन्य पदाधिकारीहरु तथा नाट्टा सचिवालयका कार्यकारी प्रमुख रघुनाथ बिडारीले त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा शुभकामना सहित विदाई गरेका हुन् ।

विगतका वर्षहरुमा नेपाल पर्यटन बोर्ड तथा नाट्टाको संयुक्त संयोजकत्वमा नेपाली पर्यटन व्यवसायीहरुले यस्ता अन्तराष्ट्रिय पर्यटन व्यापार मेलाहरुमा सहभागीता जनाउने गरेकोमा नेपाल पर्यटन बोर्डले आन्तरिक समस्या देखाई हालका वर्षमा कुनै पनि यस्ता पर्यटन मेला एवं महोत्सवहरुमा सहभागिता नजनाउनुका साथै सो सम्बन्धी कुनै चासो तथा सहयोग समेत नगरेको व्यवसायीहरुको गुनासो छ ।

नाट्टाले गत महिनाहरुमा आफ्नै पहलमा स्पेनको मेड्रिडमा सञ्चालन भएको FITUR 2024, बंगलादेशको ढाकामा भएको BTTF-2024 सहभागिता जनाई सकेको छ । मलेशिया नेपालको लागि आन्तरिक तथा बाह्य पर्यटनको उदयमान पर्यटन बजारको रुपमा परिचित छ । विशेषतः विदा पर्यटन, सांस्कृतिक तथा धार्मिक पर्यटनका लागी मलेशियन पर्यटकहरु नेपाल आउने गर्दछन र हालको समयमा कैलाश मानसरोवर यात्राका लागी त्यहाँका हिन्दु धर्मालम्बीहरु मलेशियाबाट नेपाल आउनेहरु क्रम बढ्दो छ ।

बिदाइकै क्रममा नाट्टा अध्यक्ष रमेश थापाले नाट्टाले आफ्नो पहलमा नै राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटन बजारमा नेपालको प्रतिनिधित्व गरिरहेको र व्यवसायीहरुलाई प्रोत्साहन गरी पर्यटन प्रवद्र्धनका कार्यक्रमहरुलाई निरन्तरता दिएको र साथै आगामी दिनहरुमा समेत नाट्टाले प्रवद्र्धनका कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने बताए ।

सहभागीहरुको बिदाई गर्दै महासचिव कुमार मणी थपलियाले उक्त कार्यक्रममा मलेशियाको लागि नेपाली राजदुत महामहिम डिली राज पौडेल समेत सहभागी हुने कुरा जानकारी गराए । मेलामा सहभागी हुन निम्न पर्यटन व्यवासायीहरुको उपस्थिति रहेको छ ।

१.         स्पोर्ट टुर्स एण्ड ट्राभल्स प्रा.लि.

२.         नमस्ते होलीडे टुर्स एण्ड ट्रेक्स प्रा.लि.

३.         ग्लोबल ट्रेक्स एण्ड एक्पीडिसन प्रा.लि.

४.         सोहम जर्नी प्रा. लि.

५.         रिकृयशन होलीडेज प्रा.लि.

६.         प्रिस्टिन नेपाल ट्रेक्स एण्ड एक्पीडिसन प्रा.लि.

७.         लिफ होलीडे ट्रेक्स एण्ड एक्पीडिसन प्रा.लि.

८.         टच कैलाश ट्राभल्स एण्ड टूर्स प्रा.लि.

९.         मिशन नेपाल होलीडेज प्रा.लि.

१०.       नेपाल ड्रिम ट्राभल सर्भिस प्रा. लि.

११.       ओझा होलिडेज टूर्स एण्ड टे«क्स प्रा.लि

१२.       अर्पूभ टूर्स एण्ड ट्राभल्स प्रा.लि.

१३.       सिनिक माउन्टेन ट्राभल्स एण्ड टूर्स प्रा. लि.

१४.       ड्रेगन होलीडेज प्रा.लि.

यसका साथै उक्त मेलाका लागी हवाई सेवामा सहयोग पुर्याउने हिमालय एयरलाइन्स्का मलेसिया स्थित प्रतिनिधिहरुको समेत उपस्थित रहने नाट्टाले जनाएको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया