Nepal Life

डिप्रोक्स लघुवित्तद्धारा जगदम्बा माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Thu 05:22
डिप्रोक्स लघुवित्तद्धारा जगदम्बा माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Sanima Reliance

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले जगदम्बा माध्यमिक विद्यालयमा वित्तीय सक्षारता सम्बन्धी कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले ग्लोबल मनि विक २०२४ को अवसरमा यस्तो कार्यक्रम आयोजना गरेको हो । 

NIMB

Protect Your Money, Secure Your Future, भन्ने मुल नाराका साथ Global Money Week , 2024 को अवसरमा डिप्रोक्स लघुवित्त वित्तीयसंस्था लिमिटेडको शाखा कार्यालय ठाकुरद्वारा बर्दियाले ठाकुरबाबा ०८ स्थित श्री जगदम्बा माध्यमिक विद्यालयमा अध्यनरत कक्षा ११,१२का विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो । 

कार्यक्रममा सहभागिलाई घरायसि बजेट निर्माण गर्ने तरिका तथा यसका फाईदा बारे पनि सिकाईएको थियो । कार्यक्रममा बिद्यालयका प्रध्यानध्यापक कलम बहादुर शाहि तथा बिद्यालयका लेखापाल बिनोद थापाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा संस्थाका शाखा प्रबन्धक खेमराज ओझाले बिद्यार्थिहरुलाई बैंक तथा बित्तिय संस्थाको इतिहास, हालको अवस्था, यसका प्रकार, उद्देश्य तथा महत्वबारे जानकारि दिएका थिए । उनले विद्यार्थीहरुलाई बित्तिय संस्थामा बचत गर्दा हुने फाईदा तथा बचतका प्रकारका बारेमा समेत जानकारी दिएका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया