Nepal Life

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्री खुला, सर्वसाधारणले पनि आवेदन दिन पाउने

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Thu 09:13
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्री खुला, सर्वसाधारणले पनि आवेदन दिन पाउने
Sanima Reliance

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्री खुला गरेको छ। कम्पनीले विभिन्न शेयरधनीका नाममा रहेको ४ लाख ४८ हजार ७३० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो।

NIMB

कम्पनीले  ४ लाख २६ हजार ७७० कित्ता शेयर संस्थापक शेयरधनीहरुका लागि र २१ हजार ९६० कित्ता शेयर आम सर्वसाधारण तथा अन्य कम्पनी तथा संस्थाका लागि बिक्रीमा राखेको हो।  

संस्थापक शेयरधनीका लागि बिक्रीमा राखिएको शेयरका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र र सर्वसाधारणका लागि राखिएको शेयरका लागि सूचना प्रकाशित भएको ७ दिनभित्र आवेदन दिनुपर्नेछ।  

लगानीकर्ताले कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन्।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया