सनलाइफ क्यापिटलद्धारा चण्डी आदर्श र मल्पि कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

  • BFIS News
  • 2024 Mar Thu 17:48
सनलाइफ क्यापिटलद्धारा चण्डी आदर्श र मल्पि कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सनलाइफ क्यापिटलले विश्व वित्तीय सप्ताह २०२४ (Global Money Week 2024) को अवसरमा बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले चण्डी आदर्श माध्यमिक विद्यालय र मल्पि इन्टरनेशनल कलेजमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

क्यापिटलले यहि चैत्र ७ र ८ गते क्रमश चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुर र मल्पि इन्टरनेस्नल कलेज,चक्रपथ, काठमाण्डौमा यस्तो कार्यक्रम आयोजना गरेको हो ।

२०८० चैत्र ७ गते श्री चण्डी आदर्श सरल माध्यमिक विद्यालय ,चाकुपाट, ललितपुरमा आयोजना गरिएको कार्यक्रममा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु, इन्टरनेट लगायत अन्य सामाजिक संजालको प्रयोग गर्दा अपनाउनुपर्ने सतर्कताबारे विस्तृत जानकारी गराइएको छ । सहभागी विद्यार्थीहरुको वित्तीय बजार र  धितोपत्र बजार  सम्बन्धि सम्पूर्ण जिज्ञाशाहरु स्पष्ट गरिएको कम्पनीले जनाएको छ ।

२०८० चैत्र ८ गते मल्पि इन्टरनेस्नल कलेज,चक्रपथ, काठमाण्डौ मा BBA 8th सेमेष्टरका विद्यार्थीहरुलाई बिमा क्षेत्र सम्बन्धि साक्षरता अभिवृद्धि गर्ने साक्षरता कार्यक्रम र  वित्तीय बजार, धितोपत्र बजारमा केन्द्रित हाजिरी जवाफ प्रतियोगिता “Quick Quiz Mania-Global Money week 2024”  आयोजना गरियो जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

सनलाइफ क्यापिटल लि. धितोपत्रबोर्डबाट स्विकृत प्राप्त मर्चेन्ट बैंकर हो जसले मर्चेन्ट बैंकिङ्ग व्यवशाय अन्र्तगत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ  ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया