Nepal Life

ग्लोबल मनी विक : सुर्योदय वोमी लघुबित्त सुनवल स्टेशनद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Thu 20:11
ग्लोबल मनी विक : सुर्योदय वोमी लघुबित्त सुनवल स्टेशनद्वारा प्रभातफेरी कार्यक्रम सम्पन्न
Sanima Reliance

काठमाडौं । ग्लोबल मनी विकको सन्दर्भमा सुर्योदय वोमी लघुबित्त सुनवल स्टेशन कार्यालयले आज प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । 

NIMB

बालबालिका तथा युवा लक्षित वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजकत्वमा सन् २०१२ देखि हरेक वर्ष Global Money Week-GMW विश्वभर मनाउने गरिएको छ ।

यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ । यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले बालबालिका तथा युवाहरुमा वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उद्देश्य लिएर सन् २०२४ मार्च १८ देखि २४ (२०८० चैत ५ देखि ११) सम्म “Protect Your Money, Secure Your Future” भन्ने नाराका साथ Global Money Week-2024 १२औं श्रृङ्खला मनाउन लागेको हो । 

सुर्योदय वोमी लघुबित्त सुनवल स्टेशन कार्यालयको संयोजकत्वमा मिति २०८० चैत ६ गते यस क्षेत्रमा रहेको १२ वोटा शाखाका करिव ८० जनाको उपस्थितिमा प्रभातफेरी कार्यक्रम सञ्चालन सम्पन्न भएको छ । उक्त प्रभातफेरी कार्यक्रम शाखा कार्यालय परासि देखि –बुद्धचोक– पुलचोक ,बाईपास सडक जिल्ला प्रसासन कार्यालय हुँदै पुनः कार्यालय परिसरमा आएर सम्पन्न भएको थियो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया