Nepal Life

मानुषी लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले?

NMB Bank
  • BFIS News
  • 2024 Mar 22 09:45
मानुषी लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले?
National Life

काठमाडौं । मानुषी लघुवित वित्तीय संस्था लिमिटेडले साधारण सभा आह्वान गरेको छ। लघुवितले चैत्र ३० गते शुक्रवार, बिहान साढे १० बजे होटल उग्रचण्डी, बनेपा नगरपालिका-७, काभ्रेपलाञ्चोकमा सभा बोलाएको हो।

Shikhar
NIMB

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा-नोक्सान तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणमा छलफल गरी पारित गर्ने छ।

सभाले प्रबन्धपत्र र नियमावली संशोधन सम्बन्धमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय नेपाल धितोपत्र बोर्ड तथा अन्य नियमकारी निकायहरु बाट स्वीकृत गराउनको लागि आवश्यकता अनुसार कुनै विषयमा संशोधन एवं परिवर्तन गर्न, निर्देशन भएमा सो समेत मिलाई संशोधन एवं परिवर्तन गर्ने लगायतका अन्य सम्पूर्ण कार्य गर्न गराउन संचालक समितिलाई पूर्ण अख्तियारी लगायतका प्रस्ताव पनि पारित गर्ने छ ।

पाँचौं वार्षिक साधारण सभामा भाग लिने प्रयोजनका लागि चैत्र १९ गते एक दिनका लागि बुक क्लोज गरिने भएको छ। जसअनुसार चैत १८ गतेसम्म कायम शेयरधनी मात्र सभामा भाग लिन पाउने छन्।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया