Nepal Life

सूर्योदय वोमी लघुवित्तको चितवनमा वित्तीय चेतना र्याली सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Fri 15:13
सूर्योदय वोमी लघुवित्तको चितवनमा वित्तीय चेतना र्याली सम्पन्न
Sanima Reliance

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड स्टेशन कार्यालय भरतपुर, चितवनले यहि चैत ८ गते ग्लोवल मनि विक २०२४ को सन्दर्भमा वित्तीय चेतना ¥याली कार्यक्रम सम्पन्न गरेको छ । 

NIMB

यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले बालबालिका तथा युवाहरुमा वित्तीय ज्ञान, सीप र मनोवृत्तिको विकास गर्ने उदेश्य लिएर “Protect Your Money, Secure Your Future” भन्ने नाराका साथ हरेक वर्ष यो श्रृङखला मनाउन लागेको हो ।

सोही सन्दर्भलाई निरन्तरता दिने क्रममा यस संस्थाको स्टेशन कार्यालय भरतपुर, चितवनले यस क्षेत्रका ९ वटा शाखा कार्यालयका करिव ३२ जना कर्मचारीहरुको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रम संस्थाको स्टेशन कार्यालय भरतपुर देखि, पारस बसपार्क, मुनालचोक, कान्तिपुर मार्ग हुदै पुनः कार्यालय परिसरमा आएर सम्पन्न भएको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया