Nepal Life

शिखर इन्स्योरेन्सको साधारण सभा सम्पन्न, चार सञ्चालक सर्वसम्मत निर्वाचित

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Fri 15:14
शिखर इन्स्योरेन्सको साधारण सभा सम्पन्न, चार सञ्चालक सर्वसम्मत निर्वाचित
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको केन्द्रिय कार्यालय थापाथली स्थिति आफ्नै मुख्य कार्यालय भवन शिखर बिज सेन्टर परिसरमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन तथा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ ।

NIMB

संचालक समितिका अध्यक्ष गौरव अग्रवालको सभापतित्वमा सम्पन्न साधारणसभालाई अध्यक्ष अग्रवाल ज्युले नेपालमा अहिलेसम्म शिखर इन्स्योरेन्स धेरै सूचकाङ्कहरुमा अग्रणी स्थानमा रहेको उल्लेख गरेका थिए । उनले सभालाई संबोभन गर्दै आगामी दिनहरूमा कम्पनीको बीमा व्यवसाय तथा लगानीको थप विस्तार गर्दै बीमा जोखिम तथा अन्य जोखिमको उचित व्यवस्थापन सहित कम्पनीको खुद नाफालाई समेत वृद्धि गर्दै लाने योजना रहेको बताए । 

साधारणसभामा उपस्थित शेयरधनीहरुबाट कम्पनीलाई अमूल्य सुझाव प्राप्त भएको कम्पनीले जनाएको छ । अध्यक्ष अग्रवालले शेयरधनीहरुको समर्थन, सहयोग र विश्वासलाई धन्यवाद ज्ञापन गरे । यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले शिखर इन्स्योरेन्स कम्पनीको १९ औं  वार्षिक साधारण साधारणसभामा उपस्थित शेयरधनीहरू, संचालक समिति, कर्मचारी तथा आमन्त्रित सबैलाई अभिवादन व्यक्त गरेका थिए । 

सभाले आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने प्रस्ताव उपर छलफल गरि पारित गरेको छ । कम्पनीको स्वतन्त्र संचालकको नियुक्ति बारेमा बीमा ऐन २०७९ बमोजिम साधारण सभामा जानकारी गरीएको छ ।

कम्पनीको मिति २०७६ श्रावण २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित संचालकहरुको पदावधि समाप्त भएपश्चात आगामी वार्षिक साधारण सभासम्मको लागि पदावधि थप गर्ने तथा श्री गौरव अग्रवाललाई संचालक नियुक्त गर्ने बारे संचालक समितिको निर्णय अनुमोदन भएको छ । 

कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम संस्थापक समुह “क“ का शेयरधनीबाट निर्वाचित हुने ३ (तीन) संचालक तथा सर्वसाधारण समुह “ख“ का शेयरधनीबाट निर्वाचित हुने थप १ (एक) संचालकका लागि प्रचलित कानुनी व्यवस्था को अधिनमा रही शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक निर्वाचन सम्बन्धी निर्देशिका २०६३ बमोजिम निर्वाचन गर्ने प्रस्ताव समेत पारित भएको छ ।

जसमा सर्वसाधारण शेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गर्दै सौरभ जवरा सर्वसम्मत निर्वाचित भएका छन् भने संस्थापक शेयरधनी समुहबाट प्रतिनिधित्व गर्दै बुद्ध एयरबाट रमेश कुमार लुइटेल, डा. श्रुजना श्रेष्ठ र गौरव अग्रवाल आगामी चार वर्षको लागि सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै स्वतन्त्र सञ्चालकमा पुस्कर महतको नियुक्तिलाई पनि साधारणसभाले अनुमोदन गरेको छ ।

 

स्थापनाको २० औं वर्षमा यात्रा गरिरहँदा देशभर बीमाको पहुँच अभिवृद्धि गर्नका लागि दुर्गम भेगमा समेत शाखा विस्तार गरी ४० प्रतिशत महिला कर्मचारी सहित ६४२ कर्मचारी मार्फत ११५ वटा शाखा कार्यालयबाट बीमा सेवा प्रदान गर्दै आएको सिइओ पाण्डेले बताए । देशको ६७ जिल्लाहरूमा शाखा विस्तार गरिसकेको र आगामी दिनमा अन्य बाँकी जिल्लाहरू तथा दुर्गम क्षेत्रहरूमा समेत थप शाखा कार्यालय, उपशाखा कार्यालय तथा एक्सटेन्सन काउण्टरको माध्यमबाट बीमा सेवाको विस्तार गर्ने योजना रहेको उनले बताए । 

कम्पनीले हरेक वर्ष नयाँ नयाँ बीमालेख मार्फत नेपालको बीमाको दायरालाई फराकिलो पार्दै आएको र उनले कृषि क्षेत्रलाई प्राथमिकता दिएर अगाडि बढ्ने,कृषि तथा पशुपंक्षी बीमालाई देशव्यापी विस्तार गर्ने तथा देशको खाद्य आत्मनिर्भरताको मार्गमा योगदान पुर्याउने बताए । 

बीमाको सेवा मार्फत मात्र नभई पूर्वाधारको विकास मार्फत समेत राष्ट्र निर्माणमा योगदान गर्ने उद्देश्य सहित कम्पनीले आफ्नो कुल लगानीको करिब ६ प्रतिशत लगानी गरी कृषि तथा पूर्वाधार क्षेत्रमा लगानीको शुभारम्भ गरेको बताए । पूर्वाधार क्षेत्रमा गरिएको लगानीले तत्काल प्रतिफल नदिएपनि ती लगानीहरूबाट आगामी वर्षहरूमा दीर्घकालीन रुपमा आकर्षक प्रतिफल प्राप्त हुनेमा प्रतिबद्धता व्यक्त गरेका थिए । 

कम्पनीले बीमा जोखिम तथा अन्य जोखिमहरूको उचित रुपमा व्यवस्थापनकै कारण नेपालमा इक्रा नेपालबाट “ए प्लस“ को रेटिङ प्राप्त गर्न सफल एक मात्र कम्पनीका रुपमा रहेको जानकारी गराएका थिए र आउँदा दिनहरूमा विकसित प्रविधिको उच्चतम् प्रयोग गरी बीमाको पहुँचलाई सरल, सहज तथा मितव्ययी गर्ने कम्पनीलाई देशको उत्कृष्ट तथा अग्रणी कम्पनी कायम राख्न निरन्तर कार्यरत रहने प्रतिवद्धता व्यक्त गरे ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया