Nepal Life

सूर्योदय वोमी लघुवित्त १३ औं वर्षमा प्रवेश, एक दशक सेवा गरेकालाई सम्मान

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Fri 15:24
सूर्योदय वोमी लघुवित्त १३ औं वर्षमा प्रवेश,  एक दशक सेवा गरेकालाई सम्मान
Sanima Reliance

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड १२ औं वर्ष पुरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ । लघुवित्तले चितवनको भरतपुर महानगरपालिका १२ आस्था टोल मार्ग स्थित संस्थाको आफ्नै भवनमा १३ औं वार्षिकोत्सव समारोह सम्पन्न गरेको हो ।

NIMB

संस्थाले विभिन्न कार्यक्रम आयोजना गरी वार्षिकोत्सव कार्यक्रम मनाएको छ । ५५ जिल्लामा १९२ शाखा कार्यालय मार्फत सेवा प्रवाह गरिरहेको वित्तीय संस्थाले स्याङ्जाको पूतलिबजार, सर्लाहीको हरीवन, पश्चिम नवलपरासीको सूनवल र चितवनको भरतपूर गरी देशको चार ठाँउमा वार्षिकोत्सवको अवसरमा खूल्ला रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

संस्थाले नेपाल रेडक्रस सोसाइटी भरतपूर, चितवन शाखाको समन्वयमा खूल्ला रक्तदान कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा द्धट जना रक्तदाताले रक्तदान गरेका थिए ।

त्यस्तै, ल३ूवित्तले आस्था टोल विकास संस्थालाई सरसफाई सामाग्री डस्टविन वितरण समेत गरेको थियो । वार्षिकोउत्सवको अवसरमा संस्थामा अनवरत १० वर्षसम्म सेवा गरेका १२ जना कर्मचारीहरुलाई सम्मान समेत गरेको थियो, भनि संस्थामा कार्यरत कर्मचारी भरत काफ्लेले जानकारी दिएका थिए ।  

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया