Nepal Life

शिखर इन्स्योरेन्सका अध्यक्ष अग्रवाल सहित ४ सञ्चालक सर्वसम्मत निर्वाचित

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Fri 17:07
शिखर इन्स्योरेन्सका अध्यक्ष अग्रवाल सहित ४ सञ्चालक सर्वसम्मत निर्वाचित
Sanima Reliance

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको १९ औं वार्षिक साधारणसभाबाट अध्यक्ष गौरव अग्रवाल सहित ४ सञ्चालक सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

NIMB

आज सम्पन्न वार्षिक साधारणसभाले कम्पनीको मिति २०७६ श्रावण २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट निर्वाचित संचालकहरुको पदावधि समाप्त भएपश्चात आगामी वार्षिक साधारण सभासम्मको लागि पदावधि थप गर्ने तथा गौरव अग्रवाललाई संचालक नियुक्त गर्ने प्रस्तावलाई पनि साधारणसभाले अनुमोदन गरेको छ ।

कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम संस्थापक समुह “क“ का शेयरधनीबाट निर्वाचित हुने ३ (तीन) संचालक तथा सर्वसाधारण समुह “ख“ का शेयरधनीबाट निर्वाचित हुने थप १ (एक) संचालकका लागि प्रचलित कानुनी व्यवस्था को अधिनमा रही शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको संचालक निर्वाचन सम्बन्धी निर्देशिका २०६३ बमोजिम निर्वाचन गर्ने प्रस्ताव समेत पारित भएको छ ।

जसमा सर्वसाधारण शेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गर्दै सौरभ जवरा सर्वसम्मत निर्वाचित भएका छन् भने संस्थापक शेयरधनी समुहबाट प्रतिनिधित्व गर्दै बुद्ध एयरबाट रमेश कुमार लुइटेल, डा. श्रुजना श्रेष्ठ र गौरव अग्रवाल आगामी चार वर्षको लागि सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै स्वतन्त्र सञ्चालकमा पुस्कर महतको नियुक्तिलाई पनि साधारणसभाले अनुमोदन गरेको छ ।

शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको १९ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको केन्द्रिय कार्यालय थापाथली स्थिति आफ्नै मुख्य कार्यालय भवन शिखर बिज सेन्टर परिसरमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण प्रतिवेदन तथा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गरेको छ ।

संचालक समितिका अध्यक्ष गौरव अग्रवालको सभापतित्वमा सम्पन्न साधारणसभालाई अध्यक्ष अग्रवालले नेपालमा अहिलेसम्म शिखर इन्स्योरेन्स धेरै सूचकाङ्कहरुमा अग्रणी स्थानमा रहेको उल्लेख गरेका थिए । उनले सभालाई संबोभन गर्दै आगामी दिनहरूमा कम्पनीको बीमा व्यवसाय तथा लगानीको थप विस्तार गर्दै बीमा जोखिम तथा अन्य जोखिमको उचित व्यवस्थापन सहित कम्पनीको खुद नाफालाई समेत वृद्धि गर्दै लाने योजना रहेको बताए । 

साधारणसभामा उपस्थित शेयरधनीहरुबाट कम्पनीलाई अमूल्य सुझाव प्राप्त भएको कम्पनीले जनाएको छ । अध्यक्ष अग्रवालले शेयरधनीहरुको समर्थन, सहयोग र विश्वासलाई धन्यवाद ज्ञापन गरे । यस्तै, कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले शिखर इन्स्योरेन्स कम्पनीको १९ औं  वार्षिक साधारण साधारणसभामा उपस्थित शेयरधनीहरू, संचालक समिति, कर्मचारी तथा आमन्त्रित सबैलाई अभिवादन व्यक्त गरेका थिए । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया