Nepal Life

ग्लोबल आइएमई लघुवित्तको जुडाडाडा शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Sat 21:04
ग्लोबल आइएमई लघुवित्तको जुडाडाडा शाखाद्धारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Sanima Reliance

काठमाडौं । ग्लोबल मनी विकको अवसरमा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको जुडाडाडा शाखा कार्यालयले तिलोत्तमा नगरपालिकामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । 

NIMB

तिलोत्तमा नगरपालिका वडा नम्बर १७ की जन प्रतिनिधि शोभा रानाको सभापतित्तोमा आयोजना भएको कार्यक्रमको प्रमुख अतिथि संस्थाको असुली विभाग प्रमुख शम्सेर बहादुर थिए । कार्यक्रममा संस्थाको अनुगमन प्रमुख लाेकनाथ याेगि र शाखा प्रमुखहरू बालकृष्ण बस्याल, मनकुमारी खत्री, वडा नम्बर १६ स्थिति पवित्र आमा समुहमा आवद्ध ९० जना भन्दा धेरै महिला दिदिबहीनि तथा अभिभावकको उपस्थिति थियो । 

कार्यक्रमको सञ्चालन भने सुमन उपाध्यायले गरेका थिए । Global Money Week को अवसरमा पवित्र आमा समुह पर्सहीयाको भवनमा आयोजना भएको संस्थाले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेकाे हाे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि शमसेर बहादुर नेपालीले परिवार तथा समाजमा सकरात्मक सोँचको विकाश गराउने उद्देश्यले सदस्य तथा अभिवाकहरुलाई कार्यक्रमबाट केही न केही नयाँ कुरा सिकी भविष्यको लागि आइपर्ने समस्याहरुलाई समाधान गर्न बचत तथा आय सिर्जना गरि सबैले वित्तीय अनुशासन कायम गर्न आवश्यक रहेको बताए ।

अनुगमन प्रमुख लाेकनाथ याेगीले कार्यक्रममा वित्तीय साक्षरता आजको आवश्यकता र बैंक तथा वित्तीय संस्थाको महत्व, वित्तीय अनुशासन, कर्जाको महत्व तथा कर्जा सदुपयोगिता, बचतको महत्व, बचत, कर्जा, बीमा, रेमिटान्स, डिजिटल बैंकिङ्ग, आम्दानी, खर्च, कर्जाको प्रयोग लगायतका विषयमा जानकारी गराएका थिए । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया