Nepal Life

पुनर्वासमा एन आई एशिया लघुवित्तको वित्तीय जागरणको प्रभातफेरी कार्यक्रम सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Sat 21:11
पुनर्वासमा एन आई एशिया लघुवित्तको वित्तीय जागरणको प्रभातफेरी कार्यक्रम सम्पन्न
Sanima Reliance

काठमाडौं । एन.आर्ई.सि. एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कञ्चनपुर जिल्लाको पुनर्वासमा वित्तीय जागरण अभियान तथा Global money week 2024 अन्तर्गत वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

NIMB

संस्थाले पुनर्वास शाखा अन्तर्गतका १३९ जना समूह अध्यक्ष, सदस्य, अस्थायी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक मुकेश सिंह लगायतका अन्य प्रहरी समाजसेवी व्यक्ति, साथै शाखाका सम्पूर्ण कर्मचारीको उपस्थितिमा कार्यक्रम गरेको हो ।

कार्यक्रमको अध्यक्षता यसै संस्थाको कलुवापुर उप प्रदेश कार्यालयका अनुगमन अधिकृत भुबन राज पाठकले गरेका थिए भने कार्यक्रमको संचालन पुनर्वास शाखाका शाखा प्रमुख भरत बहादुर नेगीले गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य तथा कार्यक्रमको संक्षीप्त परिचय अनुगमन अधिकृत भुबन राज पाठकले जानकारी गराएका थिए ।कार्यक्रममा वित्तीय जागरण सम्बन्धी नारा सहित पुनर्वास शाखा कार्यालयदेखि आई बी आर डी बजार परिक्रमा गर्दै प्रभात फेरि र्याली गरी शाखा कार्यालय पुनर्वासको कार्यालयमा वित्तीय साक्षरता सम्बन्धी जानकारी मुलक कार्यक्रम सञ्चालन गरिएको थियो ।

सदस्यको गुनासो संकलन तथा समाधानको उपाय साथै कार्यक्रममा वित्तीय संस्थाले हाल बजारमा देखिएका विविध समस्या समाधानका लागि सामूहिक सहयोग, सामूहिक प्रयासमा सदस्यहरुको अहम भुमिका रहेको तथा यस्ता वित्तीय कार्यक्रम बाट त्यसका लागी सहयोग पुग्ने विश्वास अनुगमन प्रमुख पाठकले बताए । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया