Nepal Life

सुर्योदय वोमि लघुवित्तको हरिवन शाखाले दियो अति सीमान्तकृत थामी जातीलाई शैक्षिक सामग्री

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Sun 05:15
सुर्योदय वोमि लघुवित्तको हरिवन शाखाले दियो अति सीमान्तकृत थामी जातीलाई शैक्षिक सामग्री
Sanima Reliance

काठमाडौं । सुर्योदय वोमि लघुबित्त वित्तीय संस्थाको हरिवन  शाखा कार्यालयले अति सीमान्तकृत थामी जातीलाई शैक्षिक सामग्री वितरण गरेको छ । 

NIMB

संस्थाले वित्तीय साक्षरता कार्यक्रमको अवसरमा बालबालिकालाई शैक्षिक सामाग्री दिनुका साथै युवाहरुलाई वित्तीय सचेतना कार्यक्रम आयोजना गरेको हो । यस्तो कार्यक्रम बालबालिका तथा युवा लक्षित वित्तीय सचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ Organization of Economic Cooperation and Development (OECD) को संयोजकत्वमा सन् २०१२ देखि हरेक वर्ष Global Money Week-GMW विश्वभर मनाउने गरिएको छ ।

यो विश्वव्यापी वित्तीय चेतनामूलक अभियान हालसम्म १७६ मुलुकका ६ करोडभन्दा बढी बालबालिका र युवामाझ पुगिसकेको छ । आज Global Money Week को छैटौं दिनको अवसर पारी मधेस प्रदेश सर्लाहि हरिवनमा शाखा रहेको सुर्योदय वोमी लघुबित्त बित्तीय सस्थाले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत हिजो चैत १० गते हरिवन नगरपालिका वडा न १ मा बसोबास गर्ने थामी जाती अति सीमान्तकृत समुदाय अन्तर्गत पर्ने बिपन्न गरिब तथा जेहेन्दार बिद्यार्थी २० जनालाई झोला तथा शैक्षिक सामग्री बितरण गरिएको संस्थाले जनाएको छ । 

साथै बित्तीय साक्षरता सम्बन्धि तालिम आयोजना कार्यक्रम हरिवन नगरपालिका वडा न हरिवन १ को वडा अध्यक्ष टम बहादुर तामाङको प्रमुख अथिती र सभाध्यक्ष यस संस्थाको सस्थापक शेयरधनी चुडामणि वाग्ले आतिथ्यमा सम्पन्न गरेको हो। ४१ जना सहभागिता जनाएको कार्यक्रममा हरिवन नगरपालिका वडा न १ को अध्यक्ष टम बहादुर तामाङ, संस्थाको सस्थापक शेयर धनि चुडामणी वाग्ले समता मन्टेसोरिका फाउन्डर सुदर्शन पोखरेल, केन्द्रीय कार्यालको तालिम बिभाग तथा योजना बिभागका बिभागिय प्रमुख गोपाल प्रसाद पौडेलले मन्तव्य राखेका थिए । 

कार्यक्रममा केन्द्रीय कार्यालय को तालिम तथा योजना बिभाग प्रमुख गोपाल प्रसाद पौडेलले संस्थाको परिचय, संस्थाले प्रदान गर्दै आएको सेवा वित्तीय ज्ञान, सीप, मनोबृत्ति र व्यवहारमा सुधार ल्याई वित्तीय सक्षमता अभिबृद्धिका माध्यमले विवेकशिल वित्तीय निर्णय लिन सघाउने र यसको माध्यमबाट हरेक ब्यक्तिको आर्थिक समृद्धिमा योगदान गर्नु कार्यक्रमको उदेश्य रहेको बताए ।

संस्थाले कर्जा तर्फ बिना धितो, सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा प्रदान गरिरहेको छ ।

समय-समयमा तालिमहरु प्रदान गर्दै आएको, उनिहरुको आर्थिक अवस्थामा सुधार, दैवी प्रकोपमा परेकाहरुलाई राहत उपलब्ध, उपचार खर्च, सुत्केरी स्याहार खर्च लगायतका सेवाहरु उपलब्ध गराउँदै आएको केन्द्रीय कार्यालय को तालिम तथा योजना बिभाग प्रमुख गोपाल प्रसाद पौडेलले ले बताए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता किसिमको कार्यक्रम संस्थाको अन्य शाखाहरुमा आयोजना हुने प्रतिबद्धता केन्द्रीय कार्यालय को तालिम तथा योजना बिभाग प्रमुख गोपाल प्रसाद पौडेलले जनाएका थिए । यसैबीच तालिमका सहभागिहरुले यस्ता किसिमको सहयोगले पिछडिएका जातिमा आर्थिक अवस्थाबाट बन्चित जेहेन्दार बालबालिकामा पठनपाठनमा थप सहयोग पुग्ने बताएका छन् ।

संस्थाका अनुगमन अधिकृत छबिलाल सिवाकोटिले तालिमको सहजिकरण गरेका थिए । कार्यक्रमको संचालन यसै संस्थाका लालबन्दी शाखा प्रमुख रोजिना भुजेलले गरेकी थिइन् । हाल सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लि ललितपुर कर्पोरेट कार्यालय रही देश भरि नै १७३ वटा शाखा कार्यालयमार्फत करिब १८५००० जना सदस्यलाई वित्तीय सेवा दिइरहेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया