Nepal Life

सानिमा रिलायन्सको सुखमय जीवन बीमा योजना, एक पटक बीमा गरेपछि जीवनभर ढुक्क

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Sun 11:56
सानिमा रिलायन्सको सुखमय जीवन बीमा योजना, एक पटक बीमा गरेपछि जीवनभर ढुक्क
Shikhar detail

काठमाडौं । जीवन बीमा निश्चित अवधिको हुन्छ । म्याद सकिए पछि उक्त पोलिसीले कुनै पनि जोखिम बहन गर्दैन । तर सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले तपाईको जीवन अवधिमर सुरक्षा प्रदान गर्ने गरि सुखमय जीवन बीमा योजना ल्याएको छ । 

NIMB

यो योजना अन्तर्गत बीमालेख अवधि समाप्ति पश्चात पनि बिमितलाई  १०० वर्षको उमेरसम्म जोखिम बहन प्रदान गर्दछ । यो योजनाले तपाईलाई सम्पत्ति व्यवस्थापनको अतिरिक्त तपाइको परिवारलाई भविष्यमा आईपर्ने आर्थिक क्षतिबाट सुरक्षा प्रदान गर्नेछ । यसका लागि बीमितले आफुले चाहेको अवधिको बीमा गर्न सक्नेछन् । यस आधारमा बीमितले बीमा अवधि समाप्ति पश्चात बीमाङ्क रकम र बोनस प्राप्त गर्नेछन् साथ साथै बीमित १०० वर्षसम्म जीवत नै रहेमा पुनः बीमाङ्क रकम बराबरकै रकम प्रदान गरिने कम्पनीले जनाएको छ ।

यदि बीमितको बीमा अवधि समाप्ति अगाडी नै मृत्यु भएमा इच्छाइएको व्यक्तिले बीमाङ्क रकम र आर्जित बोनस प्राप्त गर्ने छन् । यदि बीमितको मृत्यु ११ वर्षदेखि १५ वर्षको अवधिमा भएमा मृत्यु लगत्तै बीमाङ्कको २५ प्रतिशत र बीमा अवधि समाप्ति पश्चात बीमाङ्कको बाँकी ७५ प्रतिशत र आर्जित बोनस उपलब्ध गराइने कम्पनीले जनाएको छ । यो अवधि नेपाल बीमा प्राधिकरणले जारी गरेको बाल बीमालेख पोलिसीको व्यवस्था आकर्षित हुने भएकाले यस्तो सुविधा दिइएको कम्पनीले जनाएको छ ।

यो बीमा पोलिसी खरिद गर्दा बीमितले न्युनतम एक लाख रुपैयाँ बीमाङ्कदेखि आफ्नो आम्दानीले भ्याएसम्मको खरिद गर्न सक्ने छन् । न्युनतम ११ वर्ष उमेर भएकाले यो पोलिसी खरिद गर्न पाउने छन् साथ साथै अधिकतम ६५ वर्षसम्मका व्यक्तिले पोलिसी खरिद गर्न मिल्नेछ । 

यो पोलिसी खरिद गर्दा न्युनतम बीमा अवधि ५ वर्ष र अधिकतम बीमा अवधि ५९ वर्षसम्म राख्न पाउने सुविधा रहेको छ । बीमा पोलिसी अधिकतम ७० वर्षसम्ममा सकिने गरि खरिद गर्नु पर्ने हुन्छ । यदि ६५ वर्षको उमेरमा बीमा गरेमा बीमा अवधि ५ वर्षको मात्रै रहनेछ । 

अतिरिक्त सुविधाहरु:

घातक रोग रक्षावरण 

यो सुविधा अन्तर्गत बिमितलाई बीमा अवधिमा उल्लेखित घातक रोग मध्ये  एक घातक रोगको चिकित्सकीय रुपमा प्रमाणित भएमा बीमितलाई बीमाङ्क बराबरको रकम वा रु. ५० लाख मध्ये जुन कम हुन आउँछ सो एक मुष्ठ प्रदान गरिनेछ ।

दुर्घटना मृत्यु सुविधा

बीमालेख  अवधिमा बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा, इच्छयाइएको व्यक्तिलाई बीमाङ्क रकम बराबरको थप रकम वा रु.१ करोड मध्ये जुन कम हुन आउँछ सो रकम भुक्तानी गरिनेछ । यो सुविधा लिनको निम्ति बिमित १६ वर्षको पुगेको हुनु पर्नेछ ।

पूर्ण स्थायी अशक्तता सुविधा

बीमालेख  अवधिमा बीमित दुर्घटनाको प्रत्यक्ष कारणबाट पूर्ण  स्थायी रुपमा अशक्त भएमा,  बीमाङ्क बराबरको रकम १२० मासिक किस्तामा भुक्तानी गरिनेछ । यो सुविधा लिनको निम्ति बिमित १६ वर्षको पुगेको हुनु पर्नेछ ।

बीमाशुल्क छुट सुविधा

बीमालेख अवधिमा बीमित दुर्घटनाको प्रत्यक्ष कारणबाट पूर्ण स्थायी रुपमा अशक्त भएमा, घटना मिति पछि बीमाशुल्क भुक्तानी गर्नु पर्ने छैन ।

मासिक आय सुविधा

यो सुविधा ११ देखी १४ बर्ष सम्मका बच्चाहरुका लागि मात्र लागू हुन्छ । बीमालेख अवधिमा प्रस्तावकको  मृत्यु  भएमा, बीमित (बच्चा) लाई बीमाङ्क बराबरको १ प्रतिशत रकम हरेक महिना १६ बर्ष नपुगुन्जेल सम्म प्रदान गरिनेछ ।
सानिमा रिलायन्स लाइफले यो पोलिसी २०७४ महिना मंसिर ९ गते ल्याएको थियो । सावधिक तथा आवधिक जीवन बीमा पोलिसी मध्ये यो सर्वाधिक आकर्षण पोलिसी हो । 

सानिमा रिलायन्स लाइफले बीमितलाई आकर्षित गर्ने विभिन्न पोलिसी जारी गर्दै आइरहेको छ । बीमालाई जोखिम बहन र बचत दुबै दृष्टिकोणलाई समायोजन गर्ने नीतिलाई अंगाल्दै आइरहेको छ । मानिसको अमूल्य जीवनलाई साविधक मात्रै नभएर आवधिक पोलिसीबाट पनि जोखिम बहन गर्नु पर्ने कम्पनीको धारणा छ । यहि नीति अनुरुप कम्पनीले चरम आर्थिक मन्दीमा पनि आकर्षक व्यवसाय गर्दै आइरहेको छ । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया