Nepal Life

नेपाल राष्ट्र बैंकले २० अर्ब ७१ करोडको ट्रेजरी बिल जारी गर्दै

NMB Bank
  • BFIS News
  • 2024 Mar 25 09:42
नेपाल राष्ट्र बैंकले २० अर्ब ७१ करोडको ट्रेजरी बिल जारी गर्दै
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र १ वर्षका लागि ट्रेजरी बिल जारी गर्न लागेको हो।

Shikhar
NIMB

२० अर्ब ७१ करोड जसमध्ये १५ अर्ब ७१ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो भने ५अर्बको नयाँ ट्रेजरी जारी गर्न लागेको केन्द्रीय बैंकले जनाएको छ। मंगलबार चैत १३ गते जारी हुने यस ट्रेजरी बिलका लागि आज सोमबार दिउँसो ३ बजे बोलकबोल हुनेछ।

केन्द्रीय बैंकले २८ दिनको लागि ५ अर्ब रुपैयाँ बराबरको नयाँ ट्रेजरी बिल जारी गर्न लागेको हो। यो ट्रेजरी २०८१ वैशाख ११ गते परिपक्व हुनेछ। ९१ दिनको लागि १० अर्ब ११ करोड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ असार १२ गते परिपक्व हुनेछ। त्यस्तै, १८२ दिनको लागि ६० करोर्ड रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ असोज ८ गते परिपक्व हुनेछ। त्यस्तै, १ वर्षको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो। यो ट्रेजरी २०८१ चैत ११ गते परिपक्व हुनेछ।

ट्रेजरी बिल एक वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया