Nepal Life

फागुन महिनासम्ममा जीवन बीमा व्यवसाय ९८ अर्ब ९३ करोड नाघ्यो, कुन कम्पनीको कति (सूचिसहित)

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Mon 13:09
फागुन महिनासम्ममा जीवन बीमा व्यवसाय ९८ अर्ब ९३ करोड नाघ्यो, कुन कम्पनीको कति (सूचिसहित)
Sanima Reliance

काठमाडौं । फागुन महिनासम्ममा जीवन बीमा कम्पनीहरुले ९८ अर्ब ९३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । चालु आर्थिक वर्षको ८ महिनामा जीवन बीमा कम्पनीहरुले १८ अर्ब ७२ करोड रुपैयाँ आर्जन गरेकोमा नविकरण भने ७९ अर्ब ८६ करोड रुपैयाँ छ ।

NIMB

फागुन एक महिनामा मात्रै हेर्ने हो भने जीवन बीमा कम्पनीहरुले कुल ११ अर्ब ६६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । जस मध्ये प्रथम बीमा शुल्क आर्जनको हिस्सा  २ अर्ब ५७ करोड रुपैयाँ मात्रै छ । नविकरण भने ९ अर्ब ९ करोड छ ।

समिक्षा अवधिमा सर्वाधिक धेरै व्यवसाय भित्र्याउनेमा नेपाल लाइफ नै छ । नेपाल लाइफले फागुन मसान्तसम्ममा २६ अर्ब ३० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जसमा प्रथम बीमा शुल्क आर्जन ४ अर्ब २४ करोड र नविकरण २२ अर्ब ५ करोड छ । त्यस्तै फागुन एक महिनामा नेपाल लाइफको प्रथम बीमा शुल्क आर्जन ५६ करोड ५३ लाख छ भने नविकरण बीमा शुल्क आर्जन २ अर्ब ५२ करोड छ ।

दोस्रो नम्बरमा रहेको एलआइसी नेपालले ११ अर्ब १५ करोड, तेस्रो नम्बरमा रहेको नेशनल लाइफको पनि ११ अर्ब १५ करोड र चौथो नम्बरमा रहेको हिमालयन लाइफको ११ अर्ब १८ करोड छ । भर्खरै स्थापना भएका माइक्रो लाइफले पनि क्रमिक रुपमा व्यवसाय विस्तार गरिरहेका छन् । ८ महिनाको अवधिमा लघु जीवन बीमा कम्पनीहरुले ५ करोड ८९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यस अवधिमा कम्पनीहरुले २७ हजार भन्दा धेरै पोलिसी जारी गरिसकेका छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया