Nepal Life

प्रहरीका मोटरसाइल र स्कुटरमा पछाडी बस्नेलाई हेल्मेट ‍अनिवार्य

Global Ime detail Page
  • BFIS News
  • 2023 Jul Sat 20:43
प्रहरीका मोटरसाइल र स्कुटरमा पछाडी बस्नेलाई हेल्मेट  ‍अनिवार्य
Sanima Reliance

काठमाडौं । नेपाल प्रहरीका कर्मचारीहरुले चलाएको  मोटरसाइकल तथा स्कुटरको पछाडी सिटमा बस्नेले पनि अनिवार्य हेल्मेट लगाउनुपर्ने भएको छ । मोटरसाइकल तथा स्कुटरको पछाडि बस्नेले पनि अनिवार्य रुपमा हेल्मेट लगाउने प्रावधान प्रहरीले आफैँबाट सुरु गरेको हो । 

NIMB

प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले यातायात व्यवस्था ऐन–२०४९ लाई कार्यान्वयन गर्ने क्रममा अहिलेलाई प्रहरीका सबै संयन्त्रमा अनिवार्य रुपमा ‘डबल हेल्मेट’को व्यवस्था कार्यान्वयनमा ल्याइएको बताइन् । 

प्रहरी आफैँले ड्युटीमा जाँदा वा व्यक्तिगत प्रयोजनमा कतै हिडडुल गर्दा बाइक तथा स्कुटरको पछाडी बस्दा अनिवार्य हेलमेट लगाउनुपर्ने व्यवस्था लागू गरिएको हो । यो व्यवस्था कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयले देशैभरिका प्रहरी कार्यालय र युनिटहरूलाई परिपत्र गरिसकेको छ । नेपाल प्रहरीमा हाल ७७ हजार जनशक्ति छन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया