Nepal Life

आरविवि मर्चेन्ट बैंकिङद्धारा नुवाकोटको आदर्श बहुमुखी क्याम्पसमा वित्तीय शिक्षा अभिबृद्धिको कार्यक्रम सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Mon 18:44
आरविवि मर्चेन्ट बैंकिङद्धारा नुवाकोटको आदर्श बहुमुखी क्याम्पसमा वित्तीय शिक्षा अभिबृद्धिको कार्यक्रम सम्पन्न
Sanima Reliance

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले नुवाकोटको आदर्श बहुमुखि क्याम्पस धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्वन्धी सचेतना अभिबृद्धि कार्यक्रम सम्पन्न गरेको छ । 

NIMB

नेपाल धितोपत्र बोर्डले वित्तीय शिक्षा अभिबृद्धि गर्ने हेतुले स्थापित अन्तर्राष्ट्रिय संगठन The Organization for Economic Cooperation and Development (OECD) / International Network on Financial Education (INFE) सँगको सहकार्यमा  विश्व वित्तीय सप्ताह–२०२४ (Global Money Week-2024) २०८० यहि चैत्र ५ गते देखि ११ गते सम्म देशभरी विभिन्न कार्यक्रम आयोजना गरिरहेको छ । 

यही अवसरमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले २०८० साल चैत्र ९ गते नुवाकोट आदर्श बहुमुखि क्याम्पस, बिदुर ४, बट्टारमा स्नातक तथा स्नातकोत्तर तहमा अध्यनरत विधार्थीहरु तथा शिक्षक/शिक्षिकाहरुको लागि वित्तीय शिक्षा अभिबृद्धिको लागि सचेतनामूलक कार्यक्रम आयोजना गरि सफलतापूर्वक सम्पन्न गरेको हो ।

उक्त सचेतनामूलक कार्यक्रममा नुवाकोट आदर्श बहुमुखि क्याम्पसका अध्यक्ष श्रीराम श्रेष्ठ, क्याम्पस प्रमुख नारायण मान डंगोल तथा अध्यनरत विधार्थीहरु र शिक्षक/शिक्षिकाहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट कम्पनीको प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेल, प्रबन्धक अजय घिमिरे र बरिष्ठ अधिकृत सृजना बाँस्कोटाले कार्यक्रम संचालन गरेका थिए । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड विदुर शाखा प्रमुख रिमा श्रेष्ठ तथा शाखाका कर्मचारी सन्तोष बोगटीको समेत उपस्थिती रहेको थियो ।

साथै, छलफलमा उठेका प्रश्नहरुको जवाफ अजय घिमिरेले दिएका थिए । (Global Money Week-2024) को अवसरमा आयोजित यस कार्यक्रमले पूँजीबजार सम्बन्धी शिक्षा तथा सचेतना अभिबृद्धि गर्नेछ र  सहभागीहरुले शेयर लगानी सम्बन्धि ज्ञान हासिल गरि लाभान्वित हुने विश्वास गरिएको छ । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत् प्रतीशत लगानीमा स्थापित संस्था हो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया