NIMB Header 2
Nepal Life

दावी भुक्तानीलाई सरलिकृत गर्दै सलिको, पिनाकल सर्भिस सेन्टर सँग नगदरहित दाबी भुक्तानीको सम्झौता

National Life
  • BFIS News
  • 2024 Mar 25 18:51
दावी भुक्तानीलाई सरलिकृत गर्दै सलिको, पिनाकल सर्भिस सेन्टर सँग नगदरहित दाबी भुक्तानीको सम्झौता
Sanima Reliance

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी 'सलिको'ले दावी भुक्तानीलाई सरलिकृत गर्ने उद्देश्य अनुरुप पिनाकल ट्रेडिङ कर्न्सर्न प्रालि/पिनाकल सर्भिस सेन्टर सँग नगद रहित बीमा दाबी भुक्तानीको द्विपक्षीय सहमति पत्रमा हस्ताक्षर भएको छ । 

Shikhar
NIMB

नेपालको निर्जीवन बीमा क्षेत्रमा दशकैंदेखि स्थापित सगरमाथा लुम्बिनी इन्स्योरेन्स क. लि. (सलिको) र पिनाकल ट्रेडिङ कर्न्सन प्रा. लि. / पिनाकल सर्भिस सेन्टर बीच नगदरहित बीमा दावी सहितको बीमा कारोबार गर्न चैत ९ गते द्विपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । 

उक्त सम्झौताबाट पिनाकल ट्रेडिङ कनर्सन प्रा. लि. मार्फत सवारी साधन खरिद गर्ने सवारी धनीले सगरमाथा लुम्बिनी ईन्स्योरेन्स कम्पनीमा आफ्नो सवारी साधनको व्यापक बीमा गराएको अवस्थामामा सो सवारी साधन दुर्घटना परि क्षति भएमा बीमितले आफ्नो सावरी मर्मत गर्दा लाग्ने खर्च वापतको क्षतिपुर्ति रकम नगद रहित बीमा दावि क्षतिपुर्ति (Cashless Indemnity) सेवा अन्तरगत प्राप्त गर्ने छन् ।

जसबाट ग्राहकले बीना झनझट आफ्नो बीमा लेखबाट प्राप्त हुने रकम बाहेकको रकम मात्र मर्मत केन्द्रमा भुक्तानी गरी मर्मत गरिएको सवारी साधन लिएर जान सक्ने सुविधा प्राप्त गर्नेछन् ।

सम्झौतामा पिनाकल ट्रेडिङ कर्न्सन प्रा.लि./पिनाकल सर्भिस सेन्टरको तर्फबाट ईश्वर कुमार श्रेष्ठ तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स क. लि. (सलिको) को तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका हुन् । 

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार