Nepal Life

विभिन्न लोभ-लालच देखाइ गोप्य विवरण माग्नेसँग सतर्क रहन राष्ट्र बैंकको आग्रह

NMB Bank
  • BFIS News
  • 2024 Mar 26 08:44
विभिन्न लोभ-लालच देखाइ गोप्य विवरण माग्नेसँग सतर्क रहन राष्ट्र बैंकको आग्रह
National Life

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना खातासम्बन्धी गोप्य विवरण कुनै पनि अपरिचितलाई नदिन आग्रह गरेको छ। वित्तिय चेतनाका लागि सन्देश दिँदै बैंकले छिटो पैसा कमाइन्छ भन्ने लोभ लालचमा परी अपरिचित व्यक्तिको बहकाउमा नागरिकता, खाता नम्बर, QR, OTP, Pin code, Password जस्ता गोप्य विवरण नदिन आग्रह गरेको हो।

Shikhar
NIMB

अरू कसैको नागरिकता, फोटो, टेलिफोन नम्बर जस्ता व्यक्तिगत विवरण दुरुपयोग गरी मोबाइल वालेट वा अन्य बैंक तथा वित्तीय संस्थामा खाता खोली अनधिकृत कारोबार गर्ने, क्रिप्टोकरेन्सी खरिद बिक्री गर्ने, बेटिङसम्बन्धी कारोबार गर्ने, यस्ता गैरकानुनी कारोबारमा समस्या भए मद्दत गर्छु भनी ठगी गर्ने, डर त्रास देखाई रकम असुली गर्ने, विदेशमा रहेका व्यक्तिको व्यक्तिगत विवरण चोरी गरी अवैध कारोबार गर्ने जस्ता घटना हुने गरेको पाइएकोले यस्ता वित्तीय ठगीको जोखिमप्रति सजग रही आफ्ना महत्वपूर्ण व्यक्तिगत विवरण तथा कागजात सुरक्षित र गोप्य राख्न बैंकले आग्रह गरेको छ।

साथै कुनै बैंकिङ कारोबारसम्बन्धी गुनासो भए बैंक तथा वित्तीय संस्थाको गुनासो सुन्ने अधिकारीसँग सम्पर्क गरी गुनासो दर्ता
गराउन पनि राष्ट्र बैंकले भनेको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया