Nepal Life

प्रतितोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Tue 11:36
प्रतितोलामा ३ सय रुपैयाँले घट्यो सुनको मूल्य
Sanima Reliance

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य केही घटेको छ। अघिल्लो दिन प्रतितोला २ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने ३ सय रुपैयाँले घटेको हो।

NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेक छ। गत सोमबार १ लाख २६ हजार ७ सयमा कारोबार भएको थियो।  

त्यस्तै तेजावी सुनको मूल्य पनि तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २५ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबारको दिन उक्त मूल्य १ लाख २६ हजार १ सय रहेको थियो।  

आज चाँदीको मूल्य पनि घटेको छ। चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १ हजार ५०५ रुपैयाँ पुगेको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया