Nepal Life

मंगलबार घटेको सुनको मूल्य आज फेरि बढ्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Wed 12:43
मंगलबार घटेको सुनको मूल्य आज फेरि बढ्यो
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य बढेको छ। मंगलबार प्रतितोला ३ सय रूपैयाँले घटेको सुनको भाउ आज अघिल्लो दिनको मूल्यमा ४ सयले बढेको हो।

NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २६ हजार ८०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २६ हजार २०० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख २६ हजार ४०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २५ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य भने घटेको छ। चाँदी प्रतितोला १५ रूपैयाँ घटेको हो। आज चाँदी प्रतितोला १ हजार ४९० रूपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ५०५ रूपैयाँमा कारोबार भएको थियो।

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया