Nepal Life

सुनको मूल्यमा फेरि 'रेकर्ड', एकैदिन बढ्यो प्रतितोलामा ११ सय

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Thu 12:28
सुनको मूल्यमा फेरि 'रेकर्ड', एकैदिन बढ्यो प्रतितोलामा ११ सय
Sanima Reliance

काठमाडौँ । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि गत चैत ८ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला १ लाख २७ हजार ८०० रूपैयाँमा कारोबार भएको थियो।

NIMB

आज सुनको मूल्य तोलामा रु एक हजार एक सयले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोलामा रु १ लाख २७ हजार ९०० पुगेको छ।

बुधबार छापावाला सुन प्रतितोला रु १ लाख २६ हजार ८०० मा कारोबार भएको थियो । यस्तै तेजाबी सुन प्रतितोला रु १ लाख २७ हजार ३०० सयमा कारोबार गर्ने गरी मूल्य निर्धारण गरिएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु १ लाख २६ हजार २०० मा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार प्रतितोला रु एक हजार चार सय ९० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि रु एक हजार पाँच सय १० निर्धारण गरिएको छ ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार