Nepal Life

हवाई टिकटमा लगाइएको अतिरिक्त करले नेपालको पर्यटन क्षेत्रमा असर गरेको छ : ढकाल

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Thu 19:42
हवाई टिकटमा लगाइएको अतिरिक्त करले नेपालको पर्यटन क्षेत्रमा असर गरेको छ : ढकाल
Sanima Reliance

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले लगाएको हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले नेपालको पर्यटन क्षेत्रलाई निरुत्साहित गरेको बताएका छन्।

NIMB

बिहीवार संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले हवाई टिकटमा १३ प्रतिशत अतिरिक्त कर व्यवस्थाले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो भएको र यसले नेपालमा यात्रा गर्ने विदेशीहरु कम भएको बताए ।

उनले सरकारले हवाई टिकटमा लगाएको १३ प्रतिशत अतिरिक्त कर करेक्शन गर्न आवश्यक रहेको बताए।

अर्को प्रसंगमा उनले सरकारले रोयल्टीमा ५ प्रतिशत शुल्क लगाउने नीतिले नेपालमा गुणस्तरीय अन्तर्राष्ट्रिय होटलमा लगानी आउन र सञ्चालनमा समेत कठिन भएको उल्लेख गरे।

उनले भने,‘पाँच तारे होटलका ५ प्रतिशत सर्भिस चार्जको कारणले गुणस्तरीय विदेशी ब्राण्ड नेपालमा आउनको लागि असजिलो भइरहेको छ । गत वर्षको बजेटले हवाई टिकट र लक्जरी भ्याट थप गरेको छ । त्यसले नेपालको पर्यटन क्षेत्रलाई निरुत्साहित गरेको छ । उक्त भ्याटमा करेक्शन हुनुपर्छ भन्ने हाम्रो माग छ।'

 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया