Nepal Life

माइक्रोफाइनान्स प्रतिको भ्रम चिर्दै लक्ष्मी लघुवित्त, व्यापक रुपमा वित्तीय साक्षरता बढाउदै

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Sat 06:14
माइक्रोफाइनान्स प्रतिको भ्रम चिर्दै लक्ष्मी लघुवित्त, व्यापक रुपमा वित्तीय साक्षरता बढाउदै
Sanima Reliance

काठमाडौं । बदलिदो परिस्थिती र चुनौतीहरुको सामना गरी कार्यक्रमको गुणस्तर सुधार गर्ने उद्देश्यका साथ लक्ष्मी लघुवित्त वित्तीय संस्थाले व्यापक रुपमा देशभरका शाखा सञ्जाल मार्फत सदश्यहरुको वित्तीय साक्षरता बढाउने काम गरेको छ । 

NIMB

हाल बैंक वित्तीय संस्थाप प्रति देखिएको भ्रम चिर्नका लागि संस्थाले देशव्यापी रुपमा आफ्ना शाखा कार्यालयमार्फत सदश्यहरुलाई बित्तिय साक्षरता संगै विभिन्न सिपमुलक तालिम मार्फत सबल र सक्षम बनाउन सफल भएको छ ।

संस्थाले शाखा सञ्जाल मार्फत निक्षेपकर्ता तथा ऋणीलाई बचत गर्न र समयमा कर्जाको व्याज, किस्ता र सावा भुक्तानीका लागि सिकाउदै आएको छ । यसरी कसैले संस्थाबाट लिएको कर्जा अरु कसैको बचत भएको हुँदा हामीले कर्जा भुक्तानी गर्यौ भने मात्रै अरुको बचत सुरक्षित हुने संस्थाको धारणा रहेको छ ।

यहि कारणले गर्दा धेरै मानिसहरुले व्यापार व्यवसाय गर्दा सजहै कर्जा लिन पाएका छन् । बैंकका एक कर्मचारीले भने ‘लक्ष्मी लघुबित्त आफैमा सामाजिक बैंकिङ पद्वतिको एक अंश हो । ग्राहक बैंकसम्म होइन कि बैंक ग्राहकको घरसम्म जानु पर्छ भन्ने मुल मान्यताका साथ हामीले नेपालको सातै प्रदेशमा कारोबार गरिरहेका छौ ।’

लक्ष्मी सनराइज बैंकको सहायक कम्पनीको रुपमा स्थापित लक्ष्मी लघुवित्तले केन्द्रकृत सफ्टवयर ल्याई बित्तिय क्षेत्रमा नयाँ आयाम ल्याउन ठुलो योगदान पुर्याएको छ । यसरी बैंकले आफ्ना सुविधाहरु ग्राहक सदश्यहरुको घरसम्म पुर्याउन सफल भएको छ ।

यो अवधिमा संस्थाका ग्राहकहरुलाई आधुनिक प्रविधिको प्रयोग र दक्ष मानब संसाधनद्वारा उत्कृष्ट लघुवित्त सेवा प्रदान गर्ने र बिपन्न वर्गको जीवनस्तरमा सुधार गर्ने उद्देश्यका साथ काम गर्दै आएको छ । अधिक प्रतिस्पर्धा, आर्थिक मन्दी, नियमनकारी निकायको निर्देशन र लघुवित्त संस्था विरुद्ध सञ्चालित गतिविधि जस्ता प्रतिकुल अवस्था, घटना तथा नीति निर्देशनमा भएको परिवर्तनको कारण ब्यवसाय विस्तारमा संकुचनको अवस्था सिर्जना हुँदा पनि संस्थाले ग्राहकहरुलाई बचाउने प्रयास गरिरहेको छ ।

कोभिड–१९ महामारी पश्चातको दिर्घकालिन प्रभाव, युक्रेन रसियाको युद्ध तथा अन्य विविध कारणवाट विश्वव्यापी रुपमा आपूर्ति श्रृंखलामा परेको प्रभावले राष्ट्रिय तथा विश्व अर्थतन्त्रमा आएको आर्थिक मन्दीले लघुवित्त वित्तीय संस्थाहरुको कारोबारमा नकारात्मक असर परेको छ ।

गएको वर्ष लघुवित्त वित्तीय संस्थाले तरलता अभावको ठुलो समस्या बेहोर्नु पर्यो । जसले गर्दा लघुवित्त वित्तीय संस्थालाई ठुलो समस्या पर्यो । जसको प्रभाव नोक्सानमा पनि प्रतिकुल प्रभाव पर्यो । लघुवित्त संस्था विरुद्ध सञ्चालित विभिन्न समुहहरुको आन्दोलनले लघुवित्तको खारेजी, कर्जा मिनाहा हुन्छ कर्जा तिनु पर्दैन भन्ने भ्रमहरु सिर्जना गरी गरेका आन्दोलनहरुको कारण नियमित कारोवार सञ्चालनमा परेको प्रतिकुल प्रभावको कारण कर्जा असुलीमा समस्या हुदै आएको छ । सहज रुपमा कारोवार सञ्चालनमा समस्या तथा कर्ज असुलीमा समस्या परेको कारण कर्जाको गुणस्तरमा समेत प्रभाव परेको छ । साथै लघुवित्त वित्तीय संस्थाहरुको बीचमा भएको अस्वस्थ प्रतिस्पर्धा र दोहोरो कर्जा जस्ता समस्याहरुले समेत संस्थाहरुको कारोवारमा नकारात्मक असर पर्दै आएको छ ।

यहि विषम परिस्थितिलाई नजिकबाट नियाली रहेको लक्ष्मी लघुवित्तले कर्मचारी तथा लघुवित्तका सदश्यहरुको मनोबल बढाउने प्रयास गरिरहेको छ । हरेक ऋणीलाई कर्जाको सदुपयोग कसरी गर्नेदेखि लिएर बचत किन आवश्यक छ भनेर बुझाउने काम गरिरहेको छ । संस्थाका प्रतिनिधिहरुले सदश्यहरुलाई निक्षेपको व्याज र कर्जाको व्याज कसरी गणना हुन्छ, कर्जाको व्याज र सावा समयमा भुक्तानी नगर्दा के कस्तो असर गर्छ भनेर पनि सिकाउदै आइरहेका छन् । यस्तो काममा संस्थाका कर्मचारीहरु पनि अहोरात्र खटिदै आएको संस्थाले जनाएको छ ।

लक्ष्मी लघुवित्तको यात्रा

कर्जा निक्षेप तथा बैंक वित्तीय संस्थाबाट प्राप्त कर्जाको तुलनात्मक अवस्था

चुक्ता पूँजी तथा बुक नेटवर्थ

संस्थाको सदश्य र ऋणी

संस्थाको शाखा सञ्जाल

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया