Nepal Life

नेपाल प्रहरी र वैदेशिक रोजगारमा तीन दशक विताएका कार्की ५ वर्षदेखि एमडिआरटी बन्न सफल

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Sat 17:58
नेपाल प्रहरी र वैदेशिक रोजगारमा तीन दशक विताएका कार्की ५ वर्षदेखि एमडिआरटी बन्न सफल
Sanima Reliance

काठमाडौं । हरेक मानिसका आफ्नै किसिमका आरोह अवरोह हुन्छन् । सबैको सबै कुरामा दक्षता रहदैन । जसले आफ्नो दक्षता र क्षमता चिनेर सोहि बाटोमा अग्रसर हुन्छन् उनिहरु नै जीवनमा सफल हुन्छन् । दुई दशक भन्दा लामो समय नेपाल प्रहरीमा काम गरेर एक दशक वैदेशिक रोजगारीमा जीवन व्यतित गरेका रामकृष्ण कार्की विगत ६ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट लगातार एमडिआरटी हुन सफल भएका छन् ।

NIMB

यति मात्रै होइन उनि सन् २०२३ मा नेपाल लाइफबाटै पहिलो सिओटी बन्न सफल भएका थिए । सन् २०२५ का लागि तीन महिनामै उनि एमडिआरटी क्लालिफायर्ड भइसकेका छन् । सिन्धुपाल्चोकमा जन्मिएका कार्कीले दुई दशक भन्दा लामो समय नेपाल प्रहरीमा रहेर राष्ट्रको सेवा गरे । यस पश्चात उनि एक दशक भन्दा लामो समय वैदेशिक रोजगारमा गए । वैदेशिक रोजगारबाट नेपाल फर्किए पछि उनलाई नजिकको एक जना साथिले जीवन बीमाका लागि प्रस्ताव गरे ।

साथिको जीवन बीमा गर्ने प्रस्ताव सँगै उनले जीवन बीमाको बारेमा राम्रो सँग बुझ्ने प्रयास गरे । सोहि क्रमममा उनले अभिकर्ता पेशाको विषयमा जानकारी पए । यस पश्चात उनले जीवन बीमा अभिकर्ताको लाइसेन्स लिए ।

समाजसेवामा सक्रिय कार्कीको सामाजिक छवी एकदमै राम्रो थियो । सिन्धुपाल्चोकमा जन्मिए पनि उनको बसाइ भने चितवनमा छ । उनि नेपाल प्रहरीमा रहदा तथा वैदेशिक रोजगारमा रहदा पनि आफ्नो निश्चित रकम समाजसेवामा छुट्टाउथे । जसले उनलाई धेरै मानिसहरुले सम्मान गर्थे । यसले गर्दा उनलाई जीवन बीमा गराउदा धेरै सजिलो भयो । परिणाम स्वरुप अभिकर्ताको लाइसेन्स पाएको ६ महिनामै एमडिआरटीको लागि क्वालिफायर्ड भए ।

उनलाई अभिकर्ता पेशा एकदमै मन पर्यो । २०७५ सालदेखि कार्की हरेक वर्ष कम्तिमा पनि एमडिआरटी हुँदै आएका छन् । उनले आजका दिनसम्ममा ६ सय भन्दा धेरैलाई जीवन बीमा गराइसकेका छन् । उनि आफुले कमाएको केहि रकम ह्वील चियर वितरण गर्नेदेखि लिएर समाजसेवाका क्षेत्रमा खर्चिन्छन् ।

समाजसेवाका क्रममा उनि सँगै धेरै मानिसहरु जोडिन्छन् । जसले गर्दा उनलाई जीवन बीमा गराउन धेरै सजिलो हुने गरेको छ । कार्कीले हालसम्म जारी गरेका कुनै पनि पोलिसीमा मृत्यु दाबी भुक्तानी गर्नु परेको छैन । अर्को तर्फ उनि सबै बीमितलाई समयमै बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहित गर्छन् ।

उनि चितवनको दुई वटा टाडी र पर्सा शाखाबाट व्यवसाय गर्छन् । उनलाई शाखा प्रमुखहरुले पनि राम्रो साथ सहयोग गर्ने गरेका छन् । उनि कहिले पनि घरमा बस्दैनन् । जीवन बीमाका लागि विहानैदेखि घर बाहिर निष्किन्छन् र हरेक दिन मिहिनेत गर्छन् । उनले गएका वर्षमा भन्दा यस वर्ष सुरुवाति दिनदेखि नै मिहिनेत गर्दै आइरहेका छन् । गएको वर्ष पहिलो सिओटी बनेका कार्कीले यस वर्ष टिओटी बन्ने लक्ष्य राखेका छन् ।

यस वर्ष एमडिआरटीको लागि ४७ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गर्नु पर्छ । उनले यहि साढे दुई महिनाको अवधिमा उक्त बीमा शुल्क आर्जन गरिसकेका छन् । कार्कीले गएको साउन महिना यता १ करोड भन्दा पनि बढी बीमा शुल्क आर्जन गरिसकेका छन् । हालको अवस्थासम्ममा उनि नेपाल लाइफबाट सर्वाधिक व्यवसाय गर्नेमा तेस्रो नम्बरमा छन् । उनले ९ महिना भित्रमा १८९ भन्दा धेरैको बीमा गर्न सफल भएका छन् ।

अवका दिनमा पनि जीवन बीमा क्षेत्रमै निरन्तर काम गरिरहने उनको योजना छन् । जीवन बीमामै आफ्नो जीवन समर्पित गरेका कार्कीले धेरै मिहिनेत गर्ने गरेको पर्सा शाखाका प्रमुख दिपक घिमिरे बताउछन् । उनले हरेक वर्ष आकर्षक व्यवसाय गर्दै आइरहेको उनले जानकारी दिए ।

गत वर्ष नेपाल लाइफबाट पहिलो सिओटी बनेका कार्की यस वर्ष पनि आफु बागमति प्रदेशबाट पहिलो एमडिआरटी बनेको दाबी गर्छन् । बरीस्ठ एजेन्सी म्यानेजर रामकृष्ण कार्कीले गत वर्ष सन् २०२३ मा एक करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरि कोर्ड अफ दि टेवल ‘सिओटी’मा पर्न सफल भएको कम्पनीका पर्सा शाखा प्रमुख घिमिरेले जानकारी दिए । अहिलेको आर्थिक मन्दीको समयमा एमडिआरटीको लक्ष्य हासिल गर्न धौ धौ परिरहेको अवस्थामा कार्कीले भने साडे दुई महिना भित्रै लक्ष्य पुरा गरेका हुन् ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया