Nepal Life

एन आइ सी एसिया लघुवित्त वित्तीय संस्थाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Global Ime detail Page
  • BFIS News
  • 2024 Mar Sun 04:30
एन आइ सी एसिया लघुवित्त वित्तीय संस्थाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
Sanima Reliance

बर्दिया । एन आइ सी एसिया लघुवित्त वित्तीय संस्था शाखा कार्यालय मगरागडीको समुह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम शनिवार बारबर्दिया नगरपालिका-५, मगरागडीमा सम्पन्न भएको छ ।

NIMB

समुह प्रमुख चमेली चौधरीको अध्यक्षता एवम् एन.आइ.सी. एसिया लघुवित्त वित्तीय संस्थाका प्रदेश प्रमुख प्रकाश पराजुलीको प्रमुख आतिथ्यता, अनुगमन अधिकृत मधुसुदन निरौला, बारबर्दिया नपा ५ का वडा सदस्य बिश्राम थारु ,शाखा प्रमुख शिव विक को उपथिती एवम समुह प्रमुखहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वित्तीय संस्थाको परिचय, महत्त्व तथा आवश्यकता, बचत तथा ऋण प्रवाह, कर्जाको सहि सदुपयोग कसरी गर्ने लगायतका विषयमा जानकारी गराइएको थियो ।

वित्तीय संस्थाका विषयमा बाहिर आइरहेका नकारात्मक टिकाटिप्पणीको चिरफार गर्न तथा संस्थाले सेवा सुविधा र कर्जाको प्रयोग कसरी गर्ने भन्ने उद्देश बनाएर सदस्यहरूलाई सचेतना प्रदान गर्न कार्यक्रम आयोजना गरिएको एन.आइ.सी. एसिया लघु वित्त वित्तीय संस्थाका प्रदेश प्रमुख प्रकाश पराजुलीले बताएका छन् । साथै कार्यक्रममा शाखा कार्यालय मगरागडीका उत्कृष्ट समूह तथा सदस्यहरूलाई सम्मान समेत गरिएको थियो ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया