Nepal Life

आई.एम.ई लाईफले दियो घातक रोग वापत रोशना श्रेष्ठलाई दाबी भुक्तानी

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Mon 04:58
आई.एम.ई लाईफले दियो घातक रोग वापत रोशना श्रेष्ठलाई दाबी भुक्तानी
Shikhar detail

काठमाडौं । आई.एम.ई लाईफ इन्स्योरेन्स कम्पनीको इटहरी शाखाले धरानका रोशना श्रेष्ठले घातक रोग बापतको दाबी भुक्तानी प्राप्त गरेकी छन् । 

NIMB

उनले तीन बर्ष अगाडी अभिकर्ता रोनिता श्रेष्ठ मार्फत रु. ३ लाख २० हजारको बीमा गरेकी थिइन् । कम्पनीले बीमित श्रेष्ठलाई घातक रोग अन्तर्गत पर्ने Invasive Ductal Carcinama of Rt Breast  रोग प्रमाणित भए सँगै उक्त रकम हस्तारतण गरेको हो । एक कार्यक्रमका विच कम्पनीका प्रदेश प्रमुख मिलन दाहालले बीमित रोसना श्रेष्ठको श्रीमान देबेन्द्र भगत श्रेष्ठलाई रू ३,०४,४८९।६० को चेक हस्तान्तरण गरेका हुन् । 

उक्त कार्यक्रममा कम्पनीको सहायक प्रदेश प्रमुख ओम प्रकाश राई, प्रदेश अर्डिनेटर गान्धी तामाङ, इटहरी शाखा प्रमुख बिकाश श्रेष्ठ, धरान शाखा प्रमुख कृष्ण कुमार श्रेष्ठ लगायतको अभिकर्ताहरुको समेत उपस्थिति रहेको थियो । सहायक प्रदेश प्रमुख राईले कम्पनीको तर्फबाट बिमित रोसना श्रेष्ठको स्वास्थ्य लाभको कामना गरेका छन् भने अभिकर्ता रोनिता श्रेष्ठले कम्पनीले विना झन्झट छोटो समयमा दाबी भुक्तानी दिएकोमा खुसी  व्यक्त गरेकी छिन् । 

शेयर गर्नुहोस

Everest Bank

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया