Nepal Life

विदेशी पर्यटकको आगमन बढ्दो, मार्चमा मात्रै २८ दशमलव ९ प्रतिशतको वृद्धि

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Mon 13:26
विदेशी पर्यटकको आगमन बढ्दो, मार्चमा मात्रै २८ दशमलव ९ प्रतिशतको वृद्धि
Sanima Reliance

काठमाडौं। यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटक २८ दशमलव नौ प्रतिशतले बढेका छन्। नेपाल पर्यटक बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको सङ्ख्या २८ हजार ७४१ ले वृद्धि भएको हो।

NIMB

गत वर्षको मार्चमा कुल ९९ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा १ लाख २८ हजार १६७ पर्यटक नेपाल आएका छन्।

मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन्। भारतबाट सो अवधिमा ३० हजार ६९८ पर्यटक नेपाल आएका छन्। चिनियाँ पर्यटकको सङ्ख्या भने १२ हजार ९३ छ।

बोर्डका अनुसार सो अवधिमा अमेरिकाबाट १० हजार ७७३ र बेलायतबाट ७ हजार २४१ जना, श्रीलङ्काबाट ५ हजार ७४१, जर्मनीबाट ५ हजार २५५, थाइल्याण्डबाट ४ हजार ३४५, फ्रान्सबाट ३ हजार २४० र म्यानमारबाट ३ हजार १३१ जना विदेशी पर्यटक नेपाल आएका छन्।

क्षेत्रीय हिसाबले हेर्दा एसिया (सार्क) बाट ४० हजार ७२७, एसिया (अन्य) बाट २८ हजार ६४८, यू्रोपबाट २७ हजार ५८२, ओसनियाबाट ४ हजार ७८० र क्यानडा र अमेरिकाबाट १२ हजार ६१४ जना पर्यटक नेपाल आएका छन्।

यस वर्षको जनवरीमा ७९ हजार १०० र फेब्रुअरीमा ९७ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। सन् २०२३ को पहिलो तीन महिनामा २ लाख २७ हजार ७५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमा सन् २०२४ को पहिलो तीन महिनामा ३ लाख ४ हजार ६९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। जुन ३३ दशमलव ७८ प्रतिशतले बढी हो।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार