Nepal Life

सुनको मूल्यमा पुन: रेकर्ड, कतिमा हुँदैछ कारोबार?

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Mon 13:32
सुनको मूल्यमा पुन: रेकर्ड, कतिमा हुँदैछ कारोबार?
Sanima Reliance

काठमाडौं । नेपाली बजारमा आज (सोमबार) पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ। आज सुनको मूल्य १ हजार ६०० ले बढेको छ।

NIMB

यसअघि शुक्रबार हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। आइतबार भने सुनको भाउ स्थिर रहेको थियो। उक्त दिन सुन प्रतितोला १ लाख ३० हजार रूपैयाँमा कारोबार भएको थियो।

आज सुन प्रतितोला १ लाख ३१ हजार ६०० रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा १ हजार ६०० रूपैयाँ बढी हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३१ हजार ६०० रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३० हजार ९५० रूपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ३० हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० रूपैयाँमा कारोबार भएको थियो।

चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा १० रुपैयाँले बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला १ हजार ५३५ रूपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार