Nepal Life

सोमबार रेकर्ड कायम गरेको सुनको मूल्य आज घट्यो

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Tue 12:38
सोमबार रेकर्ड कायम गरेको सुनको मूल्य आज घट्यो
Sanima Reliance

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ। सोमबार हालसम्मकै उच्च मूल्य अर्थात १ लाख ३१ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज ४ सय ले घटेको हो।

NIMB

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ४ सयले घटेर आज १ लाख ३१ हजार २ सयमा कारोबार भइरहेको छ।

यस्तै, तेजावी सुन सोमबार तोलामा रु १ लाख ३० हजार ९ सय ५० मा कारोबार भएकामा आजका लागि रु १ लाख ३० हजार ५ सय ५० निर्धारण भएको छ।

चाँदीको मूल्य भने सामान्य रुपमा बढेको छ। सोमबार प्रतितोला रु १ हजार ५ सय ३५ मूल्यमा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार ५ सय ४५ निर्धारण गरिएको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार