Nepal Life

सूर्यज्योति लाइफ इन्स्योरेन्सको बम्बर लाभांश घोषणा, ३५ प्रतिशत मध्ये १०.२६ प्रतिशत मात्रै बोनस शेयर

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Wed 11:28
सूर्यज्योति लाइफ इन्स्योरेन्सको बम्बर लाभांश घोषणा,  ३५ प्रतिशत मध्ये १०.२६ प्रतिशत मात्रै बोनस शेयर
Sanima Reliance

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले यस वर्ष सेयरधनीहरुलाई ३५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

NIMB

कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले आफ्ना सेयरधनीलाई १०.२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

आर्थिक वर्ष २०७९/८० नाफाबाट यो लाभांश दिन लागिएको हो । उक्त प्रस्तावित लाभांश नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण हुनेछ।

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । प्रस्तावित बोनस शेयर वितरण पश्चात नेपाल बीमा प्राधिकरणले निर्धारण गरेको न्युनतम चुक्ता पूँजी जुटाउनेछ । यस वर्ष शेयरधनीहरुलाई २४.७४ प्रतिशत नगद सहित खुसी पार्ने भएको हो । आर्थिक मन्दीको समयमा कम्पनीले शेयरधनीलाई खुसी पार्ने भएको हो । 

साविक सूर्य लाइफ र ज्योति लाइफ एक आपसमा मर्जर हुँदा कायम स्वाप अनुपातबाट आर्जन प्रिमिय र जगेडा कोषबाट उक्त लाभांश वितरण गर्न थालेको हो । 

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया