Nepal Life

नेपालका थप १७ सहरमा सेवा विस्तार गर्दै पठाओ, बाइक राइडरको दर्ता सुरु

Global Ime detail Page
  • BFIS News
  • 2024 Apr Wed 15:12
नेपालका थप १७ सहरमा सेवा विस्तार गर्दै पठाओ, बाइक राइडरको दर्ता सुरु
Sanima Reliance

काठमाडौं। राइड सेयरिङ व्यवसाय कम्पनी पठाओले मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा विस्तार गर्ने भएको छ।

मुलुकभर सेवा विस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौं उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प्रबन्ध निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए।

NIMB

बस्न्यातका अनुसार राइड सेयरिङ सेवाको पर्याय बनेको पठाओको सेवा अब कोसी प्रदेशका ९ सहर विराटनगर, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, धरान, बिर्तामोड, भद्रपुरमा उपलब्ध हुनेछ। मधेस प्रदेशको वीरगञ्ज र जनकपुरमा पनि सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ।

त्यसैगरी बागमती प्रदेशको हेटौंडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, नेपालगञ्ज र भैरहवा तथा सुदूरपश्चिम प्रदेशको धनगढीमा पठाओको सेवा विस्तार हुन लागेको हो। भविष्यमा अन्य सहरमा पनि सेवा विस्तार गर्ने कम्पनीको योजना छ। ‘नजिकैको एक सहरबाट अर्को सहरमा जान इन्टर सिटी बुकिङसमेत गर्न मिल्ने गरी पठाओको सेवा विस्तार गर्न लागेका छौं’, बस्न्यातले भने। बस्न्यातका अनुसार सेवा विस्तार गर्न लागिएका सहरमा बाइक राइडर दर्ता प्रक्रिया पनि सुरु भएको छ।

‘राइडर बन्न इच्छुकले नवीकरण भएको लाइसेन्स, बिलबुक र इन्स्योरेन्स कागजातसहित आबद्धताका लागि आवेदन दिन सक्नेछन्। कागजी प्रक्रिया पूरा भएपछि उनीहरुलाई अनलाइनमार्फत तालिम पनि दिइन्छ’, बस्न्यातले भने, ‘इच्छुकले आबद्धताका लागि पठाओको सामाजिक सञ्जाल वा ०१–५९७००९९ मार्फत सम्पर्क गर्न सक्नेछन्।’ राइडर बन्नेहरुले प्ले स्टोरबाट ‘पठाओ ड्राइभ’ एप डाउनलोड गर्नुपर्नेछ।

हाल पठाओको विभिन्न सेवामा दुई लाख बढी ब्यक्ति आबद्ध छन् । एक लाख ९० हजारभन्दा बढी बाइक राइडर, १० हजारभन्दा बढी क्याप्टेन (ट्याक्सी चालक) र फुड डेलिभरीमा ५ हजार बढी दर्ता भइसकेका छन्। पठाओले राइडसँगै पठाओ फूड, बजार र पार्सल सेवा पनि उपलब्ध गराउँदै आएको छ।

नेपालकै पहिलो र सबैभन्दा बढी रकमको राइड सेयरिङ बिमा भएको पठाओले दुर्घटना भई मृत्यु भए वा अंगभंग भए १० लाख रुपैयाँसम्म र उपचार लागि १ लाख रुपैयाँसम्मको बिमाको व्यवस्था गरेको छ।

कम्पनीले सेवाग्राहीको हितमा ध्यानमा राख्दै २४सै घन्टा कस्टमर केयर सेवा उपलब्ध गराउँदै आएको छ। सेवाग्राहीले कुनै पनि समय सम्पर्क गरी आफ्नो उजुरी, गुनासा तथा सुझाव दर्ता गराउन सक्छन्।

एन्ड्रोइड र आइफोन दुवै प्रयोगकर्ताले मोबाइलमा पठाओको एप डाउनलोड गरी विभिन्न सेवा दिन र लिन सक्छन्। कम्पनीका अनुसार हाल कम्पनीको एप ५० लाखभन्दा बढी पटक डाउनलोड भइसकेको छ।

शेयर गर्नुहोस

National Life

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार