NIMB Header 2
Nepal Life

उपत्यकाका चार ठाउँमा स्वदेशी जुत्ता मेला

National Life
  • BFIS News
  • 2024 Apr 03 20:09
उपत्यकाका चार ठाउँमा स्वदेशी जुत्ता मेला
Sanima Reliance

काठमाडौं । नयाँ वर्ष २०८१ का अवसरमा काठमाडौँ उपत्यकाका चार ठाउँमा जुत्ता चप्पल व्यापार महोत्सव आयोजना गरिएको छ। जुत्ताचप्पल उत्पादन गर्ने उद्योगी व्यावसायीहरुको समूह नेपाली जुत्ता घरले स्वदेशमा उत्पादित जुत्ताचप्पल र स्वदेशी ब्रान्डलाई आमउपभोक्ताको बीचमा परिचित गराउने उद्देश्यले महोत्सव आयोजना गरेको हो।

Shikhar
NIMB

बुधबारदेखि काठमाडौँको बुद्धमल बालाजु, न्युरोडमल न्युरोड, ललितपुरको कुमारीपाटी र सातदोबाटोमा व्यापार महोत्सव आयोजना भएको छ।आज देखि शुरु भएको जुत्ता महोत्सव को उद्घाटन उद्योग वाणिज्य महासंघ का वस्तुगत उपाध्यक्ष हेमराज ढकालले अहिलेको विषम परिस्थितिमा देशमा जुन खालको आर्थिक मन्दीले छ, त्यसबाट माथि उठ्न हामीले आम उपभोक्तालाई नेपाली उत्पादन प्रयोग गर्न आकर्षित गर्न पनि यस्ता खालका मेला महोत्सवले देश को आर्थिक अवस्था को सुधार हुने बताए ।  

महोत्सव समापनपछि चारै स्थानमा सबै सहभागी कम्पनीहरुको सहभागितामा स्थायी सोरूम नियमिति रुपमा सञ्चालन हुने मेला संयोजक होमनाथ उपाध्यायले बताएका छन्।  

मेलामा नेपालमा स्थापित चर्चित जुत्ताचप्पल उत्पादक कम्पनी र ब्रान्डहरु रोयल सु इन्डस्ट्रीको उत्पादन रोयल सुज, बेस फुटवेयरको उत्पादन बीएफडियर हिल र बीएफ स्पोर्ट, लालिगुराँस फुटवेयरको क्रस रोड सुज, शुभकामना फुटवेयरको फस्टवाक सुज, डीजे सुज कम्पनीको डीजे सज, रन सुज इन्ड्रस्टजको रन सुज, कोसेली छालाजुत्ता उद्योगका कोसेली, स्मार्ट सुजका स्मार्ट गरि ८ वटा कम्पनी र ब्रान्डहरूको सहभागिता रहनेछ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया

लोकप्रिय समाचार