Nepal Life

होटल याक एण्ड यतीले बोलायो साधारण सभा

NMB Bank
  • BFIS News
  • 2024 Apr 04 08:34
होटल याक एण्ड यतीले बोलायो साधारण सभा
National Life

काठमाडौं । पाँच तारे होटल याक एण्ड यती लिमिटेडले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले आगामी बैशाख १३ गतेका लागि ४७ औं साधारण सभा बोलाएको हो। सभा कम्पनीको रजिष्टर्ड कार्यालय दरबारमार्गमा रहेको लालदरबारमा आयोजना हुनेछ।

Shikhar
NIMB

उक्त सभामा कम्पनीको सञ्चालक समितिले पेश गर्ने आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सभामा लेखापरीक्षकको प्रतिवेदनसहितको लेखापरीक्षण गरिएको गत आर्थिक वर्षको वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरणहरु स्वीकृत गरिनेछ।  

यस्तै चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र कम्पनीको तर्फबाट सञ्चालकले बैंकमा व्यक्तिगत जमानत दिने प्रस्ताव पारित गरिनेछ।  

शेयरवालाहरुको दर्ता किताब चैत २३ गतेदेखि साधारण सभा सम्पन्न नभएसम्म बन्द रहने कम्पनीले जनाएको छ।

शेयर गर्नुहोस

Prabhu Mahalaxmi Life Insurance Limited

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया