रेमिट्यान्स २१ प्रतिशतले बढ्यो, ८ महिनामा भित्रियो ९ खर्ब ६१ अर्ब

  • BFIS News
  • 2024 Apr Thu 17:04
रेमिट्यान्स २१ प्रतिशतले बढ्यो, ८ महिनामा भित्रियो ९ खर्ब ६१ अर्ब

काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपालीहरु तथा विद्यार्थीहरुले पठाउने रेमिट्यान्स २१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन महिनासम्ममा ९ अर्ब ६१ अर्ब रुपैयाँ भित्रिएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई ७ अर्ब २४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २८६,९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या १८४,२७८ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ३५१,७६१ र १९२,५५९ रहेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई रु.१०४१ अर्ब ९६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको थियो ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया