सरकारका खातामा करिब २ खर्ब ४ अर्ब नगद मौज्दात

  • BFIS News
  • 2024 Apr Thu 17:16
सरकारका खातामा करिब २ खर्ब  ४ अर्ब नगद मौज्दात

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तमा सरकारको खातामा २ खर्ब ४ अर्ब रुपैयाँ बराबरको नगद मौज्दात रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सरकारका विभिन्न खातामा रु.२०४ अर्ब ९६ करोड (प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत) नगद मौज्दात रहेको छ । २०८० असार मसान्तमा यस्तो मौज्दात रु.६५ अर्ब ३६ करोड रहेको थियो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार समीक्षा अवधिमा प्रदेश सरकारहरुको कुल खर्च रु.६४ अर्ब १४ करोड र स्रोत परिचालन रु.११६ अर्ब३५ करोड रहेको छ ।

प्रदेश सरकारहरुको कुल स्रोत परिचालनमा नेपाल सरकारले हस्तान्तरण गरेको अनुदान र विभाज्य कोषबाट बाँडफाँट हुने राजस्वसमेत गरी रु.८७ अर्ब २९ करोड र प्रदेश सरकारहरुले परिचालन गरेको तथा अन्य स्रोतबाट प्राप्त राजस्व रु.२९ अर्ब ६ करोड रहेको छ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया